काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको पर्व ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायमा शुभकामना व्यक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले जारी गर्नुभएको सन्देशमा सिंगो नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण पर्वका रुपमा रहेको ल्होसारले सबै नेपालीमा उत्साह एवम् उमङ्ग बढाउँदै नेपालीबीचको एकता, सद्भाव एवम् मित्रता कायम राख्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि गरेकी छन्।
शेर्पा समुदायले मनाउने चाडपर्व र सांस्कृतिक परम्पराको बेग्लै महत्व रहेको बताउँदै उनले मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वर्द्धनबाट विश्वसामु नेपाल र नेपालीको पहिचान सदा कायम राख्न सकिने भनाइ व्यक्त गरेकी छन्।
यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना दिँदै पर्वका माध्यमबाट नेपालीको आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।