जनकपुर– प्रदेश नम्बर–२ स्थित जनकपुर उपमहानगरपालिकामा मतदान गरेर फर्किदै गरेका ६० वर्षीय जोगेन्दर सिंहको हृदयघातका कारण निधन भएको छ। उनी बटेश्वर गाविसस्थित बुथमा मतदान गरेर फर्किदै थिए। उनी पहिलेदेखि नै मुटुको रोगी थिए ।
यस्तै, ७ फर्जी मतदाता पनि मतदान स्थलवाट पक्राउ परेका छन्। निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार सोमबार सम्पन्न निर्वाचनमा जनकपुरमा मात्र करिब ७० प्रतिशत मत खसेको छ। यसमा महिलाहरुको सहभागिता बढि देखिएको थियो।
निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार सोमबार सम्पन्न निर्वाचनमा जनकपुरमा मात्र करिब ७० प्रतिशत मत खसेको छ। यसमा महिलाहरुको सहभागिता बढि देखिएको थियो। ‘७० प्रतिशतको हाराहारीमा मत खसेको अनुमान गरेका छौं,’ उप्रेतीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।