• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

‘एम सर’देखि सावधान !

64x64
किशोर दहाल शुक्रबार, असोज १७, २०७६  ०९:३५
1140x725

गत आइतबार राति रोशनी शाहीको कोठामै पुगेर कृष्णबहादुर महराले जस्ता हर्कत गरे, सभ्य समाजले बुझ्न र धारणा बनाउन पर्याप्त हुने प्रमाण भिडियोमार्फत सार्वजनिक भइसकेको छ। प्रधानमन्त्री तथा नेकपा शीर्ष नेताहरुले आन्तरिक रुपमा लिएका सूचनाहरुले पनि सुरुवाती भिडियोमार्फत् अभिव्यक्त शाहीको पीडालाई नै पुष्टि गर्छन्।

महराकै दशकौं देखिका सहयात्री तथा पार्टीका नेताले समेत उनलाई शंकाको सुविधा दिन तयार भएनन्। यतिबेला सिंगो पार्टीपंक्ति कि त मौन छ, कि महरा निकटका केहीले उनलाई निर्दोष साबित गर्न अनेक षड्यन्त्रको कथा रचिरहेका छन्। तर, शाहीको कोठामा महरा पुगेको र सार्वजनिक भएजस्तो घटना नै नघटेको भनेर भन्न चाहिँ सकेका छैनन्। ज-जसले महराको बचाउका लागि अभिव्यक्ति दिइरहेका छन्, यो मानवीय प्रवृत्ति हो। र, खास-खासको सोच तथा विश्वासको दायरा पहिल्याउने शुभ अवसर पनि। घटनाहरुले खास मान्छे मात्रै होइन, एउटा समूहकै धरातल प्रष्ट पारिदिएको छ। 

सत्तारुढ दल नेकपाले महरालाई सभामुख र प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिन सुझायो। यसरी महराले एक्लै बसेकी महिलाको कोठामा गएर रक्सी पिएर गरेका हुनसक्ने सबै विषयमा मुलुकको सबैभन्दा ठूलो पार्टी विश्वस्त भयो। पार्टी अध्यक्षसमेत रहेका केपी ओली पनि विश्वस्त हुनु भनेको सरकार पनि विश्वस्त हुनु ठहरियो।

यसपछि जे-जे भए, त्यसका लागि महराको हैसियत र क्षमता बुझ्नु जरुरी छ।

पछिल्लो प्रकरणअघि पनि कृष्णबहादुर महरा विभिन्न विवादमा फस्ने गरेका थिए। त्यसमध्ये पनि टेप प्रकरण र लडाकुको रकम हिनामिना प्रकरण मुख्य छन्। पहिलोमा, उनले चिनियाँ नागरिकसँग ५० करोड मागेको अडियो टेप सार्वजनिक भएको थियो। दोस्रोमा, माओवादी लडाकुको व्यवस्थापनका लागि राज्यले उपलब्ध गराएको रकम हिनामिना गरेको आरोप लागेको छ।

रकमसँग जोडिएका विषयमा हाम्रा धेरै नेता मुछिन्छन्। तर, ती व्यक्तिगत हुने गर्छन्। महरा जोडिएका माथिका दुवै प्रकरण भने पार्टी नीतिसँगै जोडिएका थिए। उनले पार्टीबाट जे कामको जिम्मेवारी लिएका थिए, सोही गरेका थिए। त्यसैले सतहमा उनी देखिएता पनि पृष्ठभूमिमा पार्टी वा पार्टीको संस्थापन समूह थियो। त्यसैले यस्ता घटनाले उनको राजनीतिक करियरमा खासै असर गरेन। बरु उल्टै उकालो चढ्दै गयो।

तर, उनीसँग प्रशस्तै रकम छ भन्ने ठूलो समूह पूर्व-माओवादीमै थियो। पंक्तिकारसँगको अनौपचारिक कुराकानीमा एक माओवादी नेताले भनेका थिए- ‘महरासँग जति पनि पैसा छ। त्यो सबैलाई थाहा छ।'

र, पैसाले के-के गर्नसक्छु भन्ने आँट दिलाउँछ भन्ने पनि सबैलाई थाहा छ।

Ncell 2
Ncell 2
nimb
nimb

आइतबार रातिदेखि मंगलबारसम्म शाही जसरी गुज्रिइन्, त्यो सहजै बुझ्न सकिन्छ। सोमबार राति नेपाल लाइभसँगको कुराकानीमा उनले आफूलाई असुरक्षा रहेको बताएका थिइन्। उनलाई भरोसा दिने र न्याय खोज्न बलियो साथ दिनेहरु उनको साथमा नभएको बुझ्न कठिन छैन। उनका श्रीमान् उनको साथमा थिएनन्। बरु ‘महरा सर दोषी हुनुहुन्न’ भन्दै अघिल्लो दिनसम्म अभिव्यक्ति दिइरहेका उनका श्रीमान्‌ले भोलिपल्ट श्रीमतीसँग अलग बस्ने निर्णय गरेको सार्वजनिक गरे। यो प्रकरणपछिका पछिल्ला घटनाक्रमका विषयमा उनीमाथि पनि अनुसन्धान जरुरी छ।

जब उनका सबैभन्दा नजिकको मान्छे नै उनको साथ र विश्वासमा छैन भने बाँकीलाई आफ्नो भूमिका बढाउन सहज भयो। शाहीको विषयमा त्यही भयो। महरा व्यक्तिमात्रै थिएनन्, उनको पद, उनको पैसा, उनको शक्ति, उनी वरिपरिका मानिसहरुको सक्रियता सबैसबैसँग शाहीमात्रै होइन, जोसुकैलाई कठिन हुन्छ।

घटना सार्वजनिक गरेपछि शाहीले महरा र उनी वरिपरि रहेका अनेक आयामका अतिशय शक्तिको कति सामना गर्नुपर्‍यो होला? मंगलबार दिनभर उनको फोन बन्द थियो। त्यसबीच उनी कहाँ थिइन्, उनलाई क-कसले भेटे वा सम्पर्क गरे भनेर सरकार तथा प्रशासनले केलाउने हो भने धेरै यथार्थ खुल्न सक्छन्। त्यसका अतिरिक्त महराले घटनापछि पठाएका म्यासेज तथा फोनमा भएका कुराकानीलाई पनि सन्दर्भमा लिन सकिन्छ। सरकारले अलिकति चाहना राख्ने हो भने घटनाको सत्यतथ्य पत्ता लगाउन कुनै कठिनाइ देखिँदैन।

करिब ४८ घन्टासम्म महराले आफूमाथि यौन दुर्व्यवहार गरेको बताएकी रोशनीको मंगलबार साँझपछि एकाएक अभिव्यक्ति फेरिए। अघिल्लो दिनसम्म ‘बलात्कारी’ भनेका व्यक्तिलाई ‘बाबु समान’ भन्न थालिन्। तर, सुरुवाती भिडियो र पछिल्लो भिडियोमा उनका स्वभाविकता र आत्मविश्वासले पनि धेरै कुरा संकेत गर्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विशेषतः दुवैथरि अभिव्यक्तिमा संगति नमिलेका प्रशस्तै आधार छन्। जस्तो कि, आरोपित महराले नै शाहीको कोठामा गएको स्वीकार गरिसकेका छन्, तर शाही भने पछिल्ला अभिव्यक्तिमा महरा कोठामै नआएको बताइरहेकी छिन्। उनका पछिल्ला अन्य अभिव्यक्तिले अघिल्लो दिन भिडियोमा देखिएका सत्यलाई काट्दैनन्। अभिव्यक्तिमात्रै होइन, आइतबारको घटनापछि शाहीले चस्मादेखि जुत्तासम्मका जे-जे प्रमाण उल्लेख गरेकी थिइन्, त्यसले उनीमाथि दुर्व्यहार भएकै कुरालाई बल पुर्‍याउँछ।

शाहीका अभिव्यक्ति जसरी फेरिए, त्यसका लागि महरासँग रहेको पैसा र शक्तिले काम गरेको छ भन्ने धेरैको अनुमान छ। सामाजिक सञ्जालका सामान्य प्रयोगकर्तादेखि उनका सहयात्री पूर्वप्रधानमन्त्रीले समेत सोही खालको आशंका गरेका छन्। त्यसलाई गलत सावित गर्न त्यतिबेला मात्रै सम्भव हुन्छ, जब शाहीलाई सुरक्षाको विश्वसनीयता दिलाएर आफ्नो कुरा भन्न दिइन्छ र यो प्रकरणलाई एउटा विश्वसनीय विन्दूमा टुंग्याइन्छ। तर, उनी कसरी गुज्रिरहेकी छिन् भन्ने विषयमा दुःखदायी रिपोर्टहरु सार्वजनिक भइसकेका छन्।

महरा र शाही एक खालको सम्बन्धमा थिए भन्ने कुरा पनि यसबीच धेरै हदसम्म सार्वजनिक भइसकेका छन्। र, उनीहरु बीचका सम्बन्धका विविध उचारचढावहरुका संकेत पनि शाहीका पुराना नयाँ अभिव्यक्तिले गरेकै छ। तर, नाइँ भन्ने उनको हक र त्यसमा अडिग रहँदा लाग्ने अर्थको स्पष्टतामा पनि कसैले ‘तर’ र ‘तथापि’ जोडिरहनु जरुरी छैन। र, अहिलेको प्रकरणमा उनीहरुको स्वेच्छिक विगत खोतलिनु जरुरी पनि छैन। त्यो भनेको अहिलेको विषयलाई कमजोर बनाउने वा सामान्य ठहर्‍याउन खोज्ने दुस्प्रयासभन्दा बढी केही होइन।

एकथरिले शाही डिप्रेसनको बिरामी थिइन् भनेर उनको सुरुवाती अभिव्यक्तिलाई टार्न खोजे। शाहीले ममाथि बलात्कार भएको बताउँदै गर्दा उनीहरुले शाही बिरामी रहेको सत्य स्थापित गर्न खोजे। तर, बुझ्नुपर्ने कुरा के छ भने त्यस्ता विषयले महराले रक्सी बोकेर गएको र शाहीले नै सुरुवातमा आरोप लगाएजस्तो उनीमाथिको शारीरिक र मानसिक हिंसाको 'जस्टिफाई' हुँदैन। होला, शाही बिरामी नै थिइन् होला, छिन् होला। तर, के बिरामीलाई बलात्कार गर्न पाइन्छ?

महराले नै सार्वजनिक गरे अनुसार शाहीले कर्मचारी समायोजनका विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरेकी थिइन्। महराको सबैभन्दा हाँस्यास्पद तर्क हो, यो। के महरा आइतबार राति रक्सी बोकेर समायोजन टुंगो लगाउन गएका थिए? त्यसो गर्न मिल्छ? त्यो महराको कार्य क्षेत्र, कार्य समय र कार्यस्थल हो? चिनजानीको हिसाबमा हो भने, संसद्‌को नेतृत्वकर्ताको हिसाबले त्यहीँ कार्यरत कर्मचारीको असन्तुष्टि हो भने उनले असन्तुष्ट जतिलाई उपयुक्त समयमा सामूहिक बैठक राखेर गुनासो सुन्ने र सकेको पहल गर्ने कि श्रीमान छैनन् भन्ने जान्दाजान्दै महिलाको कोठामा रक्सी बोकेर जाने?

यो प्रकरणको अर्को पाटो पनि छ।

महराले जुन खालका पद र प्रतिष्ठा कमाएका थिए, त्यो पूर्व माओवादीका समकालीन नेताहरुमध्ये सबैभन्दा तीव्र र उच्च मध्येको हो। पछिल्लो प्रकरणसँगै उनको लोभलाग्दो पदमात्र गुमेन, फेरि आर्जन गर्न नसकिनेगरी प्रतिष्ठा पनि गुम्यो।

साधारण मानिस भएको भए उसले के गर्थ्यो? पक्कै कानुनी उपचार खोज्थ्यो। तर, महरा चुप छन्। यति ठूलो बेइज्जत हुँदा पनि उनले मानहानीको विषय उठाएका छैनन्। छानबिनको माग पनि गरेका छैनन्। किन?

उनीमाथिको आरोप गलत नै हो भन्ने उनलाई लाग्छ भने कानुनी उपचार खोज्नैपर्छ। ताकि, भोलि कसैले पनि विशिष्ट व्यक्तिमाथि यस्ता आरोप लगाउने चेष्टा नगरोस्। तर, महरा चुप छन्। उनलाई आफ्नो पद, प्रतिष्ठा र सामाजिक/राजनीतिक जीवनको मोह नभएको त पक्कै होइन होला। कि, उनी आफ्नो गल्तीको महसुस र प्रायश्चित गरिरहेका छन्?

उनको मौनता भनेको शाहीको आरोपप्रतिको स्वीकारोक्ति पनि हो। यो प्रकरणलाई चुपचाप सेलाउन नदिनुमा उनको पनि भूमिका अपेक्षित छ। उनले आफूलाई निर्दोष नै पुष्टि गरुन् तर त्यसले कानुनी प्रक्रियाको चरण भने पार गर्नुपर्छ।

यो यस्तो प्रकरण बनेको छ, जहाँ छिद्रैछिद्र देखिन्छन्। जसबाट शक्तिका अनेक कसरत देख्न सकिन्छ। तर, महराले पद र प्रतिष्ठा गुमाउनुको अतिरिक्त बाँकी केही पनि नहुने पो हो कि भन्ने संकेत देखिन थालेका छन्। न्यायप्रतिको भरोसा, लोकतान्त्रिक गणतन्त्रप्रतिको भरोसा र सम्पूर्ण संरचनाप्रतिको भरोसा भने बिस्तारै-बिस्तारै भत्किने संकेत देखिन थालेको छ।

अन्तिममा, यो प्रकरणले आमरुपमा चित्तबुझ्दो निष्कर्ष पाएन भने महरा व्यक्ति मात्रै रहँदैनन्, प्रवृत्ति बन्छन्। अर्थात्, पैसा र शक्तिको आडमा एउटा शक्तिशाली पदासीनले गम्भीर अपराधमा पनि कुनै कानुनी कारबाही भोग्नुपरेन र पर्दैन भन्ने कुरा स्थापित हुन्छ। त्यो कति सत्य हुन्छ वा आम आशंकाको विषय मात्रै हुन्छ, फरक सन्दर्भ भयो। तर, स्थापित त हुन्छ नै। लोकतन्त्रका लागि त्यस्तो पहिचान कति हानिकारक होला?

यदि सत्य र आशंका मिलेको हो भने महरा स्वयम्‌ले पनि आगामी दिनमा आफ्नो शक्तिको मातमा अन्य कुकृत्य गर्ने र शक्तिकै आडमा 'डिसमिस' गर्ने सम्भावना रहन्छ।

‘एम सर’देखि सावधान!

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्