काठमाडौं– भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण प्रशारण नगरेको भन्दै सरकारी टेलिभिजन दूरदर्शनका सहायक निर्देशक आर वासुमति लाई निलम्बन गरिएको छ।
३० सेप्टेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीले चेन्नईमा आईआईटी मद्रासको अनुसन्धान केन्द्रमा आयोजित सिंगापुर-इन्डिया हैकथान २०१९ मा गरेको भाषण प्रशारण नगरेको भन्दै उनलाई निलम्बन गरिएको द वायरले लेखेको छ।
चेन्नईमा दूरदर्शनको सहायक निर्देशक रहेका आर वासुमति सो कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न असफल भएका थिए।
भारतको सार्वजनिक प्रसारण एजेन्सी, प्रसार भारतीको तर्फवाट एक अक्टोबरका जारी एक आधिकारिक सन्देशमा उनलाई निलम्बन गरिएको उल्लेख छ।
निलम्बनको सूचनामा कुनै पनि कारण उल्लेख गरिएको छैन।
यसमा चेन्नईमा कार्यरत रहेका दुरदर्शन केन्द्रका सहायक निर्देशक आर वासुमतिलाई तत्कालका लागि निलम्बन गरिएको मात्र उल्लेख छ।
वासुमतिले जानीबुझिकनै प्रधानमन्त्री मोदीको भाषण लाइभ प्रसारण नगरेको आरोप लगाइएको छ। ‘प्रत्यक्ष प्रसारण गर्नुपर्ने स्पष्ट निर्देशन विपरीत भाषणको प्रसारण नगरेको’ आरोपमा उनलाई निलम्बन गरिएको हो।
प्रधानमन्त्रीले ‘इन्डिया सिंगापुर हैकथन-२०१९' र मद्रास आइआइटीको ५६औं दिक्षान्त समारोहमा सम्बोधन गरेका थिए।
उनले हैकेथोन विजेतालाई पुरस्कार दिनुका साथै भाजपा कार्यकर्तालाई सम्बोधन गरेका थिए।
कार्यक्रम प्रत्यक्ष प्रशारण नभएपछि प्रधानमन्त्री कार्यालयले त्यसको कारण खोजी गरेको थियो।
डीडी पोडिगईका कर्मचारीको प्रत्यक्ष प्रशारणको अनुमति प्राप्त नहुँदा उक्त दिन प्रधानमन्त्रीको भाषण रोकिएको थियो।
तर डीडी नेसनलले भने प्रत्यक्ष प्रशारण गरेको थियो।
द वायरसँग कुरा गर्दै प्रसार भारतीका सिइओ शशि शेखरले आन्तरिक प्रशासनिक मामलामा टिप्पणी गर्नु आफ्नो लागि उचित नभएको बताए। -द वायरबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।