काठमाडौं- धनगढी प्रिमियर लिग (डिपिएल) टी २० क्रिकेट प्रतियोगिता आउँदो फागुन ३ देखि १५ गतेसम्म हुने तय भएको छ।
चौथो संस्करणको डिपिएल क्रिकेट धनगढी क्रिकेट एकेडेमीको आयोजनामा राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) को समन्वयमा हुने भएको हो।
प्रतियोगिताका खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुनेछ। ६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहंदै आएको प्रतियोगिताको अघिल्लो संस्करण सिवाइसी अत्तरियाले जितेको थियो। डीपीएलको अघिल्लो विजेता सिवाइसी अत्तरियाले ३० लाख रुपैयाँ पुरस्कार पाएको थियो।
यस वर्षको पुरस्कार र अन्य विषयको जानकारी पछि आउने आयोजकले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।