काठमाडौं– धनुषाको जनकपुर उपमहानगरपालिका–४ जनक चोकबाट नियन्त्रित लागुऔषध नाइट्राभेट ट्याबलेट ९ पिससहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सबैला नगरपालिका–३ बस्ने २० वर्षीय प्रबिण कुमार यादब, १९ वर्षीय राम शर्मा र २० वर्षीय मुकेश साह रहेका छन्।
प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले स १० प ८८९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।