काठमाडौं- सेप्टेम्बर महिनामा भारतको बजारमा औषत रूपमा ६ लाख मेट्रिक टन प्याज बजारमा आउने गर्दछ।
तर यो वर्ष २२ सेप्टेम्बरसम्ममा भारतीय बजारमा जम्मा ३.१ लाख मेट्रिक टन मात्र बजारमा आयो। झन्डै दोब्बर बजारमा प्याज कम हुदाँ यो पटक हाहाकार भइरहेको हो। यसरी आपूर्तिका तुलनामा माग धेरै हुदाँ प्याजको मूल्य लगातार बढिरहेको छ।
सहरमा प्याज पेट्रोलको मूल्यसँग प्रतिस्पर्धा गरिरहेको छ।
.jpg)
तर २६ सेप्टेम्बरमा कृषि उत्पादन बजार समितिमा प्रति क्विन्टल प्याजको मूल्यमा एक हजार रुपैयाँ कमी आयो।
यसरी कमी आएपछि किसानले सरकारका कारण मूल्य गिरावट भएको आरोप लगाए। महाराष्ट्रको किसान समूह ‘स्वाभिमानी संगठन’का गणेश घोटेकरले प्याजमाथि राजनीति भइरहेको टिप्पणी गरे।
सञ्चार माध्यममा लगातार प्याजको बढ्दो मूल्यमाथि समाचार प्रकाशन गरिरहेका थिए। योसँगै सरकारले प्याजको मूल्य प्रतिक्विन्टल एक हजार घटाउने निर्णय गरेको थियो। साथै नेपाल र अन्य देशमा प्याज निर्यातमा रोक लगाउने निर्णय गरेको थियो।
तर किसानको भनाइ सञ्चार माध्यमले किसानका समस्याको बारेमा नलेखेको आरोप लगाए।

तीन दिन पहिला प्रतिक्विन्टल प्याजको मूल्य ४ हजार ४ सय रहेको थिए भने अहिले ३ हजार ३ सय भएको छ।
थाडी सारोला गाउँ (निफाड)का एक किसानले पछिल्लो हप्ता प्याजको मूल्य ३५ सय रुपैयाँ क्विन्टल थियो तर अहिले घटेर २५००-२६०० सय रुपैयाँ भएको छ। उनीहरूले भारतका किसानको प्याजको मूल्य नियन्त्रण गर्ने नाममा रुसदेखि प्याज ल्याउने गलत चलखेल भइरहेको बताए।
‘हामीले लगाएको प्याज वर्षातका कारण नोक्सान भयो, त्यसका बावजुत उत्पादन भएको प्याजमा पनि सरकारले मुल्य नियन्त्रण गर्ने, यसको दोष कसलाई दिने?,' एक कृषकले निरास हुँदै भने, ‘एक किलो प्याजको उत्पादन लागत १५ रुपैयाँ पर्दछ, यसलाई स्टोरमा राखिराख्दा तौल कम हुन्छ, यसरी औषत मूल्य ४०-४५ हुन आउदाँ किसानलाई २००-३०० प्रतिक्विन्टल हातमा आउने हुन्छ। यो ठूलो मुनाफा होइन।'
.jpg)
किसानले प्याजको मूल्य बढ्दामात्र सरकार तिव्र रुपमा सक्रिय हुने तर २०० रुपैया प्रतिक्विन्टल बेच्न परेको अवस्थामा वेवास्ता गर्दै आएको आरोप लगाए।
‘मूल्य केही बढ्ने बित्तिकै सक्रिय भएर घटाउन लाग्ने सरकार सस्तोमा किसानले बिक्री गर्दा किन सक्रिय हुदैन,’ सब्जीमन्डीमा भेटिएका किसानले भने, ‘नोक्सान भएको अवस्थामा किसानलाई सरकारी अनुदान दिन सकिँदैन त्यस्तो अवस्थामा १५०० क्विन्टलमा सरकारले खरिद गर्दा के बिग्रन्छ।’
लासलगाउँका प्याज कारोबारी मनोज जैन सरकारको कामबाट निरास देखिए।
‘किसानले प्याजको केही मूल्य बढी पाउँदैमा यसलाई राजनीतिक रुपमा मुद्दा बनाउनु हुदैन,’ मनोज जैनले भने, ‘तीन महिनाअघि राज्य सरकारले खरिद गरेको प्याज अहिले बजारमा जाँदा यस्तो हुन्छ।’
वर्षाका कारण प्याज ढिला बजारमा आएकाले ४२ सय रुपैयाँ प्रतिक्विन्टलमा किनिएको प्याज अहिले ३३००-३४०० मा बिक्री भइरहेको छ।
सरकारको तथ्यांकअनुसार विगत ५ वर्षमा भारतमा सेप्टेम्बर महिनामा मात्र औषत ६ लाख मेट्रिकटन प्याज आपूर्ति हुने गर्दछ। यसरी हेर्दा सेप्टेम्बरको अन्त्यसम्ममा औषत प्याजको आपूर्ति ५०-६० प्रतिशत मात्र भयो।

ठीक यही अवस्था सन् २०१५ मा पनि भएको थियो। तत्कालीन समयमा ३.८ लाख मेट्रिक टन प्याजको आपूर्ति भएको थियो र प्याजको अधिकतम मूल्य ४४०० रुपैयाँ प्रतिक्विन्टल मूल्य पुगेको थियो।
पछिल्लो चार सालमा यस्तो छ प्याजको तथ्यांक
पछिल्ला चार वर्षमा प्याजको मूल्यमा उतारचढाव हुँदै आएको छ। तर सरकारले यो मुद्दा व्यवस्थापनमा ध्यान दिन सकेको छैन।
सन् २०१५ देखि २०१९सम्मको प्याज तथ्यांक
.png)
(बिबिसी हिन्दीका लागि प्रवीण ठाकरेले तयार गरेको यो सामग्री दुर्गा दुलालले भावानुवाद गरेका हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।