दाङ- लमही नगरपालिका–६ स्थित घोराही–लमही सडकखण्डको वेल्दमार मोडमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
आज दिउँसो काठमाडौँबाट तुलसीपुर जान लागेका ना६ख २३३१ नंको बसले घोराहीबाट लमही आउँदै गरेको रा४प २९९९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए।
मृत्यु हुनेमा लमही नगरपालिका–६ देउपुर निवासी १९ वर्षीय मीनराज न्यौपाने र घोराही उपमहानगरपालिका २१ वर्षीय मञ्जित गुप्ता रहेका छन्। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।