काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको संसदीय दलको नेतामा चयन भएका छन्।
प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि बिहीबार बसेको एमाले संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो। ओलीलाई दलको नेतामा माधवकुमार नेपालले प्रस्ताव गरेका थिए।
एमालेको हिजो बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा अगाडि गर्ने निर्णय गरेको थियो। आजै बिहान माओवादीको समर्थनमा एमालेका शीर्ष नेता राष्ट्रपति निवासमा ओलीलाई प्रधानमन्त्री बनाउन दाबी पेश गरेका थिए।
लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गरेकी थिइन्। त्यसपछि एमाले संसदीय दलको पहिलो बैठक बसेर अध्यक्ष ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।