• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रधानमन्त्रीबाट राजीनामा दिँदै देउवाले के भने? (सम्बोधनको पूर्णपाठ सहित)

64x64
नेपाल लाइभ बिहीबार, फागुन ३, २०७४  ११:५२
1140x725

काठमाडौं- प्रधानमन्त्री शेरबहादुरले राष्ट्रका नाममा सम्बोधन गर्दै आज पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारबाट सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा महत्वपूर्ण काम सम्पन्न गरेको दाबी गरे।

यस्तो छ उनको सम्बोधनको पूर्णपाठ—

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको सफल कार्यान्वयनका लागि आवश्यक तीनै तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेका छौं।

यसबाट मुलुकलाई समृद्धिको मार्गमा निर्णायक रुपमा अघि बढाउन बलियो आधारशिला निर्माण भएको छ । यसका लागि सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाईहरुलाई म हार्दिक बधाई एवं धन्यवाद ज्ञापन गर्दछु । साथै, यस अवसरमा म नेपालको लोकतान्त्रिक आन्दोलनका प्रातंस्मरणीय शहीदहरु र अग्रज नायकहरुलाई ससम्मान स्मरण गर्न चाहन्छु। 

मेरो चुनौतिपूर्ण कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने मन्त्रिपरिषदका सदस्य, उच्च ओहदाका नीतिनिर्माता,  राष्ट्रसेवक कर्मचारी, संवैधानिक अंगका पदाधिकारीहरु, सुरक्षा निकाय, सरकारमा सहभागि राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, सरकारलाई समर्थन गर्ने संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल लगायत सबै राजनीतिक दलका नेता एवं कार्यकर्ता, संचारकर्र्मी, नेपाल र नेपालीका शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

जनताले चुनेका जनप्रतिनिधिको संविधान सभाबाट संविधान निर्माण गर्ने उद्देश्यका साथ जननायक बीपी कोइरालाले २००७ सालको क्रान्तिको नेतृत्व गर्नुभयो । क्रान्तिको सफलतापछि संविधान सभाको निर्वाचन गर्ने कार्यमा अवरोध सृजना गरियो । 

तथापि आदरणीय नेता सुवर्ण शमशेरको नेतृत्वको सरकारले २०१५ सालमा पहिलो आम निर्वाचन सम्पन्न ग¥यो । जनताको अत्यधिक मतसहित बीपी कोइराला नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री हुनुभयो । 

दुर्भाग्यबस, त्यसको केही समयपछिनै २०१७ सालमा आधुनिक नेपालको यात्रा रोक्न प्रजातन्त्र समाप्त गर्दै निर्दलीय पञ्चायती शासन थोपरियो । २०४६ सालमा सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा संयुक्त जनआन्दोलनबाट प्रजातन्त्र पुनस्र्थापना भयो । त्यसको एक वर्षभित्र प्रजातान्त्रिक संविधान र संसदको निर्वाचन सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा सम्पन्न भयो । 

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी सशस्त्र विद्रोहको बहानामा निर्वाचित प्रधानमन्त्रीलाई वर्खास्त गरेर फेरि प्रजातन्त्र खोसियो । नेपाली राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको युगान्तकारी जनआन्दोलनबाट हिंसाको अन्त्य भयो, शान्ति प्रक्रियाको थालनी भयो र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्यका साथ २०६४ सालमा संविधान सभाको निर्वाचन सम्पन्न भयो । 

संविधान निर्माण गर्न नसकि पहिलो संविधानसभा विघटित भएपछि हामी सबैको सुझबुझबाट २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भयो । आदरणीय नेता सुशील कोइरालाको नेतृत्वमा दोस्रो संविधान सभाले २०७२ सालमा नेपालको संविधान निर्माण ग¥यो ।

संविधान निर्माण पश्चात् पनि केही कुरामा असहमत भएर लोकतान्त्रिक संविधान निर्माण प्रक्रियाबाट अलग भएका राजनीतिक दललाई नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको मुलधारमा समाहित गर्नुपर्ने काम बाँकी थियो । संविधान निर्माण लगत्तै बनेको सरकारले त्यो काम गर्न सक्ने अवस्था थिएन । त्यसैले हामीले संविधानलाई सर्वस्वीकार्य बनाउने ठोस प्रतिबद्धतासहित नयाँ बाटो खोजी गरेर स्थानीय तहको निर्वाचन सुरु गर्यौ । पहिलो दुई चरणका निर्वाचन सम्पन्न भए । प्रदेश नम्वर २ मा स्थानीय तहको निर्वाचन गर्ने काम बाँकी थियो ।

राजनीतिक सहमतिका साथ सबै दलहरुलाई निर्वाचनमा सहभागि गराउनु पर्ने थियो । यस्तो अवस्थामा मेरो नेतृत्वमा नयाँ सरकार गठन भयो । सबै दलहरुको सहभागितामा प्रदेश नम्वर २ को स्थानीय तहको निर्वाचन तथा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउन सफल भयौ । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्थानीय, प्रादेशिक र संघीय तीनै तहमा निर्वाचित निकायको गठनबाट हामी सबैको चाहना बमोजिम समृद्ध नेपाल निर्माण अभियानकालागि मजवुत लोकतान्त्रिक आधारशिला निर्माण भएको छ।

वीपी कोइरालाको प्रेरणाबाट २०२२ सालमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा होमिंदा त्यसबेलाको युवक शेरबहादुर देउवालाई संविधानसभाबाट संविधान निर्माण गरी समृद्ध नेपाल निर्माण गर्ने बीपीको सपना पूरा गर्ने अभियानको संविधान कार्यान्वयन चरणको नेतृत्व म आफैले गरौंला भन्ने लागेको थिएन । 

नेपालको अत्यन्त बिकट डडेल्धुरा जिल्लामा जन्मेको, पचास वर्ष भन्दा लामो राजनीतिक यात्रामा करिब ९ वर्ष जेल जीवन बिताएको व्यक्तिका लागि यो कार्य सम्पन्न गर्न सक्नु सन्तोषको बिषय भएको छ । नेपालको सबैभन्दा पुरानो र जनताको प्रिय पार्टी नेपाली कांग्रेसको सभापतिको हैसियतमा समावेशी राजनीति र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउँदै संमृद्ध नेपाल निर्माणका लागि अब मेरो बाँकी जीवन समर्पित रहनेछ ।   

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, 
मैले मुलुकको सर्वोच्च कार्यकारी पद सम्हाल्न आउँदा गरेका संबिधान कार्यान्वयन गर्ने र शान्तिपूर्ण रुपमा आम सहभागितामा निर्वाचन गराउने मेरा प्रतिवद्धताहरु पुरा गरेको छु । संघीयता कार्यन्वयनका लागि नयाँ ऐनहरु, प्रशासनिक पुनर्संरचना अनुरुप जनशक्तिको व्यवस्था र अन्य प्राविधिक तयारीलाई तिव्रता दिएको छु ।  

मेरो सरकार निर्माण भएदेखिनै निर्वाचनका कार्यमा लागिराख्नु पर्ने र यस सम्वन्धी आचारसंहिता पालना गरिरहनु पर्ने भएकाले पनि विकास निर्माण कार्यलाई चाहे जति तिव्र गतिमा अघि बढाउन सकिने थिएन । तैपनि ठुला पूर्वाधारहरुको निर्माणमा सरकारले उल्लेख्य प्रगति गरेको छ । 

बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने र काठमाडौं–तराई–मधेस द्रुत मार्गको निर्माण कार्य नेपाली सेनाले तदारुकताका साथ अघि बढाउदै छ । काठमाण्डौं उपत्यकामा हिमालको पानी ल्याउने किशुनजीको सपना मेलम्ची आयोजना अन्तिम चरणमा पुगेको छ । 

यो सरकारले विशेष महत्वका साथ अनुगमन गरेको अरुण तेश्रो र माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, भेरी बबई डाइभर्सन, हुलाकी मार्ग र पोखरा क्षेत्रीय विमानस्थल लगायतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति राम्रो छ । 

केही दिन अघि मात्र मैले दार्चुलामा तीस मेगावाटको चमेलिया विद्युत आयोजना र जुम्लामा तीन सय शैय्याको आधुनिक अस्पतालको उद्घाटन गरें ।   

अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज आयोजना अन्तर्गत इतिहासमै सबभन्दा ठुलो अनुदान सम्झौतामा यो सरकारले हस्ताक्षर गरेको छ । तदनुरुप  पचास अरब रुपैयाको  लागतमा ३०० किलोमिटर जति उच्च भोल्टेजको प्रसारण लाइन बन्ने र सडक सुधार गर्ने कार्य हुनेछ । गरिबी निवारणका लागि गरिवी निवारण कोषलाई प्रभावकारी बनाइएको छ । समृद्ध नेपालको हाम्रो यात्रामा यो महत्वपूर्ण आधार हुने विश्वास मैले लिएको छु। 

राष्ट्रिय स्वार्थ र जनताको सर्वोत्तम हितलाई केन्द्रविन्दुमा राखी परराष्ट्र नीति संचालन भएको छ । छिमेकी मुलुक भारत र चीन र अन्य मित्रराष्ट्रहरुसँग पञ्चशीलको सिद्धान्तमा आधारित रही सम्वन्ध सुदृढ गर्ने र सहयोगको क्षेत्र विस्तार गर्ने हाम्रो प्रतिवद्धता हो। 

हाम्रा दुई विशाल छिमेकीहरु भारत र चीनसँगको ऐतिहासिक र मैत्रिपूर्ण सम्बन्धलाई मेरो कार्यकालमा थप विश्वसनीय र सम्मानमा आधारित बनाइएको छ। 

गत भाद्रमा मैले गरेको मित्रराष्ट्र भारतको राजकीय भ्रमणले हाम्रो सम्बन्धमा आपसी समझदारी र विश्वासलाई अझ प्रगाढ बनाएको छ । छिमेकी मित्रराष्ट्र भारत र चीनबाट भएका उच्चस्तरीय भ्रमणहरुबाट आपसी सहयोगका क्षेत्र थप विस्तार भएका छन् । 

पारस्परिक सहयोगका आयामहरुलाई नयाँ दिशामा लगिएको छ । हाम्रो विकासमा साझेदार  अमेरिका, वेलायत, जापान, युरोपियन मुलुकहरु लगायत अन्तराष्ट्रिय समुदायका सबै मित्र राष्ट्रहरुसँग आपसी सम्वन्धलाई सदृढ बनाउन हामी प्रयत्नरत रहयौ ।  म उहाँहरु सबैको सद्भाव, सहयोग र समर्थनका लागि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । 

मेरो कार्यकालमा संयुक्त राष्ट्र संघमा नेपालको प्रभाव र भूमिका विस्तारित भएको छ । मानव अधिकार परिषद्को सदस्यमा अधिकतम मतसहित नेपाल निर्वाचित भयो । अति कम विकसित मुलुकहरुको दर्जाबाट स्तरोन्नती हुने राष्ट्रसंघीय प्रकृयामा गम्भीर तयारीका साथ नेपाल सहभागी  भएको छ । सन २०३० भित्र दिगो विकासका लक्ष प्राप्तिका लागि रणनीतिक रोडम्याप तयार गरिएको छ । 

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, 
लामो संक्रमण, भूकम्प र नाकाबन्दीले थिलथिलो भएको अर्थतन्त्र तंग्रिन थालेको छ । आर्थिक बृद्धिदरले स्थिर गति लिएको छ । मुद्रास्फिति वाञ्छित सीमाभित्र छ । राजस्व संकलन लक्ष्य मुताविक नै छ । स्वदेशी तथा विदेशी लगानीमा उत्साहजनक रुपमा वृद्धि भएको छ । पर्यटकहरुको आगमन वर्षिक दश लाख छुने क्रममा छ । विप्रेषणमा निर्भरता र बढ्दो व्यापार असन्तुलनलाई कम गर्न उत्पादन र रोजगारी बृद्धि गरी आर्थिक सुधारहरुको प्याकेजमा गृहकार्यको थालनी भएको छ ।

मेरो नेतृत्वमा सरकार गठन भएपछि जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर निर्णयहरु भएका छन् । विशेषगरी स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएका विकृतिहरु नियन्त्रण गर्न चिकित्सा शिक्षा आयोगको अध्यादेश जारी गरिएको छ । 

जनताको स्वास्थ्यसँग सरोकार राख्ने चिकित्सा शिक्षा व्यापारको विषय होइन । यसका केही आधारभूत पक्षहरु छन्, जसमाथि सम्झौता गर्न सकिन्न । मलाई विश्वास छ, आगामी सरकारले यसलाई अन्यथा गर्ने छैन । 

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, 
निरपेक्ष गरिबीको रेखा मुनि रहेका नेपालीहरुको हिस्सा घटिरहेको भएता पनि असमानता र जोखिममा रहेका नेपालीहरुको समस्या अझै पेचिलो नै छ । त्यसैले लोक कल्याणकारी राज्यको मर्म अनुरुप जीवन चक्रका जोखिमपूर्ण चरणहरुमा राज्यले आफ्ना नागरिकलाई बलियो सुरक्षा कवच प्रदान गर्न सरकारले ठोस पहल गरेको छ ।

नेपालका पचास भन्दा बढी जिल्लामा औसत आयु सत्तरी वर्ष भन्दा कम छ । यस्तो अवस्थामा सत्तरी वर्षबाट घटाइ पैसट्ठी वर्ष भन्दा माथिका हाम्रा ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप जीविकोपार्जनमा सहयोग पु¥याउन राज्यले भत्ता दिने निर्णय गरेको हो । अनिवार्य स्वास्थ्य वीमा ऐनको कार्यान्वयन संगसंगै क्यान्सर, मृगौला र स्पाईनल इन्जरी लगायत जटिल प्रकृतिका दीर्घ रोगीहरुलाई आजीवन मासिक पाँच हजार जीवन निर्वाह भत्ता दिने भएको छ । वर्तमान सरकारले मुलुकी ऐन लाई समय सापेक्ष बनाएको छ । 

विविध चुनौतिका बावजूद भूकम्प पछिको पुनर्निर्माण अभियानले गति लिएको छ । पुनर्निर्माण प्राधिकरणको निर्धारित पाँच वर्षे कार्यकालको मध्यावधिमा निजी आवास अनुदान सम्झौता गर्नेहरु मध्य झन्डै साठि प्रतिशतले घर निर्माण सम्पन्न गरेका वा गर्ने क्रममा छन् । 

भूकम्पले पहाडमा पु¥याएको दुःख जस्तै यसै वर्ष आएको बाढीले तराई मधेसका जनतामा ठूलो क्षति पुर्‍याएको छ । तत्काल उद्धार र राहत दिँदै यो सरकारले विधिवत् आवश्यकताको आँकलन गरी दीर्घकालीन कार्य योजना ल्याएकोे छ । 

बाढीपछिको पुनरुत्थान अनुदान सहित संस्थागत रुपमै अघि  बढाउन पुनर्निर्माण प्राधिकरणमा विशेष इकाई गठन गरिएको छ ।        

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, 
लोकतन्त्रलाई आस्था नभै साधनको रुपमा मात्र बुझ्ने, राष्ट्रिय एकताबारे संकुचित र हलुका टिप्पणी गर्ने, कुनै भेगका जनताले अधिकारको कुरा गर्दा तिनलाई राष्ट्रविरोधी देख्ने, समृद्धिको गहनतालाई अविश्वसनीय नारामा कैद गर्ने राजनीतिक अवसरवादको जमाना अब सकिनु पर्दछ । 

विविध जातजाति, भाषाभाषी, क्षेत्र, धर्म र समुदायबीचको सम्वन्धलाई एउटै मालामा गाँसेर हामी राष्ट्रियतालाई थप मजवुत बनाउन चाहान्छौ । मौलिक अधिकार, सामाजिक न्याय र आर्थिक प्रगति लोकतान्त्रिक व्यवस्था भित्र नै संभव हुन्छ र अहिंसा लोकतान्त्रिक पद्धतिको अभिन्न अंग हो भन्ने नेपाली कांग्रेसको मान्यता विभिन्न वाद र पथ अगाल्ने सबैकालागि स्वीकार्य बाटो बनेको छ।

मैले धैर्य नगरेको भए, संविधानप्रति असन्तुष्ट दललाई राजनीतिक मुलधारमा ल्याउने अनवरत प्रयत्न नगरेको भए संक्रमणकाल टुंगिने थिएन । वल प्रयोग गरेर निर्वाचन गरेको भए प्राविधिक रुपमा संक्रमण त सकिने थियो होला तर मुलुक फेरि हिंसा र अस्थिरताको दुस्चक्रमा फस्ने थियो । 

म चाहन्थेँ काठमाडौंले मात्रै होइन तराई–मधेस, हिमाल–पहाडले पनि संविधानमा आफ्नो प्रतिविम्व देखोस् । समग्र राष्ट्रलेनै राजनीतिक संक्रमण सकिएको र आर्थिक समृद्धिको युगमा मुलुक प्रवेश गरेको अनुभूत गरोस् । 

अब,
स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ । राष्ट्रियसभा पनि निर्वाचन भइसकेको छ । एकतिहाई महिला प्रतिनिधित्व सुनिश्चित गर्दै प्रतिनिधिसभामा समानुपातिकतर्फको सांसदहरुको नामावली सिफारीस गर्ने कार्य सकिएको छ । सरकारको तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि नामहरु समेत सिफारीस भैसकेको छ । प्रदेश प्रमुखहरु नियुक्त भैसकेका छन् । केही प्रदेशमा सरकार निर्माणको प्रक्रिया अघि बढिसकेको छ । बाँकी प्रदेशमा केही दिनमै सरकार निर्माण र प्रदेशसभा नेतृत्व चयन गर्ने कार्य पुरा हुनेछ । 

संविधान कार्यन्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्ने मेरो जिम्मेवारी पुरा भएको छ । नयाँ संघीय सरकार निर्माण गर्ने चरणमा हामी पुगेका छौं।

यसका लागि मैले आजैको मितिबाट प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु । तर, सरकारको नेतृत्वमा नरहे पनि जनताको सुःख दुःखमा मेरो पार्टी र म सदा सर्वदा क्रियाशिल रहने छौ । नेपाललाई समृद्ध मुलुक बनाउने अभियानमा हाम्रो निष्ठापूर्ण प्रतिवद्धता रहने छ । 

अब बन्ने नयाँ सरकारलाई दिगो शान्ति, सहमति र एकता कायम राख्दै राष्ट्रको सर्वोपरी हितमा काम गर्न सफलता मिलोस, मेरो यही शुभ कामना छ।

जय नेपाल ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०७४  ११:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्