काबुल- अफगानिस्तानको पूर्वी प्रान्त नान्ग्राहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा इस्लामिक स्टेट्सका नौ लडाकु मारिएका छन्।
आइतबार भएको सो घटनाबारे अफगानिस्तानको गृह मन्त्रालयले सोमबार जानकारी दिएको हो।
नान्ग्राहार प्रान्तको आचिन जिल्लामा लुकेर बसेका विद्रोहीलाई लक्षित गरी हवाई कारबाही गरिँदा ती विद्रोही मारिएका गृह मन्त्रालयले जनाएको छ।
कारबाहीका क्रममा आइएस विद्रोहीका हातहतियार र सवारीसाधन समेत नष्ट गरिएको जनाइएको छ। यो कारबाही र हताहतको बारेमा आइएस समूहले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।