काठमाडौं- नेपाल लन टेनिस एसोसिएसनद्वारा काठमाडौंमा आयोजित 'नेपाल आईटिफ सेकेन्ड वल्ड र्याङ्किङ च्याम्पियनसीप ग्रेड-३' को ५५ वर्ष उमेर समूहको उपाधि कमल थापाले जितेका छन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार संचालित खेलमा राप्रपा अध्यक्ष समेत रहेका थापाले प्रतिद्वन्द्वी प्रदीप बहादुर शाहलाई ६-१, ६-३ को सोझो सेटमा पराजित गरेका हुन्।
यस अघि पोखरामा आयोजित खेलमा पनि ५५ वर्ष उमेर समुहको सिङ्गल र डबल्स दुवै उपाधि थापाले जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।