तस्बिरः गेट्टी इमेज
काठमाडौं- चीनले कम्युनिस्ट सरकारको शासनको ७० वर्ष पूरा भएको अवसरमा भव्य उत्सव मनाएको छ।
यो अवसरमा सेनाले भव्य परेड प्रदर्शनसमेत गरेको छ। देशभक्तिको गीत गाउँदै सेनाले परेड प्रर्दशन गरेका थिए। यो ७० वर्षको अवधिमा चीन आन्तरिक संर्घषबाट उठेको गरिब देशबाट विश्वकै ठूलो अर्थव्यवस्था भएको देशका रुपमा अग्रसर भएको छ।
चीनले यो अवधिमा विश्वलाई अभुतपूर्व चमत्कार गरेर देखाएको छ। चीनको विकाससँगै उसमाथि मानव अधिकार उल्लंघनको मामलामा अन्तराष्ट्रिय समुदायले आलोचना पनि गर्दै आएका छन्। ७० वर्ष पुगेको उपलक्ष्यमा आयोजित उत्सवमा लाखौं मानिस सडकमा उत्रेर भाग लिएका थिए।
यसरी उत्सव मनाउने र्यालीमा उपस्थित गराइएका मानिसमा मुलसमान पनि थिए। केही समय पहिले सरकारले नै पक्राउ गरेर ट्रेनिङ्ग क्याम्पमा उनीहरूलाई सरकारले नै राखेको थियो। सेनाको परेडबाहेक आम चीनियाँ नागरिकले पनि आफ्नै शैलीमा कम्युनिस्ट सरकारको ७०औं वर्षगाँठ मनाएका छन्।
‘मेरो मातृभूमि!
आज तिम्रो जन्मदिन,
आज बिहानै मैले पहाडबाट शान्तिको प्रतीक परेवा उडाएँ,
सले सुख र समृद्धि ल्यायोस्
मेरो मातृभूमि!
तिमीलाई जन्मदिनको शुभकामना’
यो गीतले समारोहस्थलको वातावरण गुञ्जायमान भएको थियो।
माओको विशाल तस्बिर बोकेर मानिसको भिड तिएनेन्मन चौकबाट नारा लगाउँदै ‘कम्युनिस्ट पार्टी बिना चीन असम्भव छ’ भनेर नाराबाजी गरेका थिए।
विद्यालयहरुमा ‘म आफ्नो देशसँग प्रेम गर्दछु’ जस्ता विषय राखेर निबन्ध प्रतियोगिता गराइएको थियो।
युवती फूलको क्राउन लगाएर सुन्दर नृत्य गरिरहेका थिए भने युवाहरु रातो रिबन बोकेर 'चीन जिन्दावाद' भन्दै साइकलमा सवार भएर नारा लगाइरहेका थिए।
सेनाले ब्यालिस्टिक मिसाइल, ट्यांक र ड्रोनबाट शक्ति प्रर्दशन गरेको थियो।
(तस्बिरहरूको स्रोत सम्बन्धित तस्बिरको दायाँतर्फको कर्नरमा दिइएको छ।)











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।