काठमाडौं- महाराजगन्जस्थित शिक्षण अस्पताल अगाडि रोकी राखेको ना ६ ख ५२१६ नम्बरको ट्रकमा बा ७३ प १८८२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार व्यक्ति भने गम्भीर घाइते भएका छन्।
गएराति साढे १ बजे भएको दुर्घटनामा काठमाडौं बुढानिलकण्ठका २१ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकाको नाम, थर वतन खुल्न बाँकी छ। २० वर्षीय युवकको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइहेको छ। दुवै सवारी साधनलाई महाराजगन्ज प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ। ट्रक चालक भने फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।