राजविराज- तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट एक नक्कली मतदाता पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षीय सञ्जय चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।
सञ्जयले दुर्गानन्द चौधरीको नामबाट मतदान गर्न आएको निर्वाचनमा खटिएका पदाधिकारीले फेला पारेपछि सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।