काठमाडौं- इन्डोनेसियाको बाताममा भइरहेको एसियन बडिविल्डिङ तथा फिजिक स्पोर्टस च्याम्पियनसिप अन्तर्गत ५५ केजी तौल समूहको महिला बडिविल्डिङमा नेपालकी रजनी श्रेष्ठले रजत पदक जितेकी छिन्।
विभिन्न ५४ विधामा प्रतिस्पर्धा भइरहेको ५३ औँ एसियन बलिविल्डिङमा रजनीले ३० वर्षमाथिको शारीरिक सुगठनमा समेत कास्य पदक जितेकी छिन्।
३६ वर्षकी रजनी पहिलो सहभागितामा नै दुई पदक जित्न सफल भएकी हुन्।
रजनीले ५५ केजी तौल समूहमा भारतकी ब्रम्हाचारी अमला प्रदिपलाई पछि पारेकी हुन्। जसमा भियनामकी तोन होयाङ पहिलो भइन्।
यस्तै ३० वर्षभन्दा माथिको समूहमा समेत उनै भारतकी ब्रम्हाचारी अमला प्रदिपलाई पछि पार्दै कास्य जितेकी थिइन्। यसमा भियतनामकी तोना होयाङ दोस्रो र नुगुयेन ट्राम पहिलो भइन्।
विभिन्न २८ देश सहभागी प्रतियोगितामा ३ सय ५८ खेलाडी सहभागी छन्।
यस्तै एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस महासंघको इलेक्टोरल कंग्रेसको बैठकले नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठलाई एसियन शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स महासंमा दोस्रो पटक उपाध्यक्षमा मनोनित गरेको छ।
यस्तै नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले नेपालमा ५५ औँ शारीरिक सुगठन तथा फिजिक स्पोटर्स फिटनेस प्रतियोगिता आयोजनाको प्रस्ताव अनुमोदन भएको नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।