काठमाडौं- सिङ्गापुरमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाअन्तर्गत नेपालले आज जिम्बाबेसँग दोस्रो खेल खेल्दैछ।
सिङ्गापुरस्थित इन्डियन एसोसिएसन मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बाबेविरुद्ध मैदानमा उत्रनेछ। खेल नेपाली समयअनुसार साँझ ५ः१५ मा सुरु हुनेछ।
शृंखलाअन्तर्गत यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल जिम्बाबेसँग ५ विकेटले पराजित भएको थियो।
दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै सिङ्गापुरलाई ९ विकेटले पराजित गरेको थियो। सो खेलमा कप्तान पारस खड्काले कीर्तिमानी शतक प्रहार गरेका थिए।
शृंखलामा सहभागी नेपाकसहित जिम्बाबे र आयोजक सिङ्गापुर तीनैवटा टोलीले समान दुई/दुई अङ्क जोडेका छन्। तेस्रो खेलमा आइतबार राति जिम्बाबे सिङ्गापुरसँग ४ रनले पराजित भएपछि नेपाललाई फाइदा पुगेको छ।
तीनै टोलीको समान अङ्क रहे पनि नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ। सिंगापुरसँग हारेपछि जिम्बाबे एक स्थान तल झरेको छ भने सिङ्गापुर तेस्रो स्थानमा छ।
आजको खेल खेले नेपाल शृंखलाको फाइनलमा पुग्ने सम्भावना बढेर जानेछ। आझ नेपाल मैदानमा उत्रिँदा शुक्रबार बेहोरेको पराजयको बदला लिने दाउमा रहनेछ।
डबल राउन्ड रोबिनका आधारमा खेलाइएको शृंखलाको शीर्ष टोलीले उपाधि जित्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।