हाङझोउ- चीनको पूर्वी क्षेत्रस्थित झेजिआन प्रान्तको निङ्बो शहरमा एक फ्याक्ट्रीमा लागेको आगोमा परी कम्तीमा १९ जनाको मृत्यु भएको स्थानीय अधिकारीले सोमबार जानकारी गराएका छन्।
निङ्हाई जिल्लाको उक्त सहरमा रहेको आधारभूत आवश्यकताका सामग्रीहरू उत्पादन गर्ने उक्त फ्याक्ट्रीमा आइतबार दिउसो १ः२० मा आगलागी भएको हो।
आगलागीका कारण केही व्यक्ति घाइते भएका र सोमबार बिहानसम्म १९ जनाको मृत्यु भएको पुष्टि स्थानीय प्रशासनले गरेको छ। आगलागीको कारणबारे अनुसन्धान जारी रहेकोले थप जानकारी पछि आउने प्रशासनले जनाएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।