लन्डन- बेलायतको राजधानी लन्डनको प्रहरी कार्यालयमा दैनिक ५० वटा घृणाजन्य अपराधिक घटना दर्ता हुने गरेका छन्।
सन् २०१८ मा १ हजार ९ सय घटना दर्ता भएको सोमबार सार्वजनिक भएको एक तथ्याङ्कमा उल्लेख गरिएको छ। सन् २०११ देखि यस्ता घटना बढ्दै गएको पाइएको छ।
'लन्डन एसेम्ब्ली पोलिस एन्ड क्राइम कमिटी'ले यस्तो विवरण सार्वजनिक गरेको हो।
लन्डननका मेयरले यस्ता घटना नियन्त्रण गर्न काम गर्नुपर्नेमा कमिटीले जोड दिएको छ।
सन् २०११ देखि अहिलेसम्ममा ८१ प्रतिशत भन्दा बढी यस्ता अपराध बढेको प्रतिवेदनमा उल्लेख गरिएको हो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।