बेइजिङ- चीन र रूसबीचको सम्बन्धमा द्विपक्षीय सम्बन्ध नयाँ शिराबाट प्रारम्भ गरिने चीनका विदेशमन्त्री वाङ यीले आइतबार बताएका छन्।
वाङले उक्त भनाई चीन-रूसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित एक कार्यक्रममा राखेका हुन्।
विशेष मित्रताको स्थापना दिवसका अवसरमा गरिएको समारोहमा चीन र रूसबीचको लामो मित्रवत यात्रालाई अविश्मरणीय भन्दै यसलाई नयाँ प्रकारको सम्बन्ध र साझा जिम्मेवारीका रूपमा विकास गर्दै अघि बढ्ने वाङले बताए।
दुवै पक्षले सहकार्यलाई मजबुत पार्ने, बहुपक्षीयताको रक्षा गर्ने र संयुक्त राष्ट्र संघको बडापत्रको लक्षअनुरूप साझा जिम्मेवारीसहित अघि बढाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा चीनका लागि रूसी राजदूतले चीन-रूस बीचको सम्बन्धको चर्चा गरेका थिए।
चीन र रूस इतिहासमा निकै राम्रो सम्बन्धका साथ अघि बढ्दै आएको र दुवै मुलुकले नयाँ युगका लागि बृहद् रणनीतिक साझेदारी विकास गरिरहेको पनि उक्त अवसरमा वाङले बताए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।