काठमाडौं– गायिका अन्जु पन्त फाउन्डेसनले मिर्गौला पीडित गायक ओमविक्रम विष्ट र गायिका जलजला परियारलाई २५ हजार रुपैयाँका दरले सहयोग गरेकी छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै गायिका पन्तले गायक विष्टका छोरा शिखर विक्रम र गायिका परियारको बुबा नारायणबहादुर दर्जीलाई उक्त रकम हस्तान्तरण गरेकी थिइन्।
त्यसैगरी नेपाली गीतसंगीतको विकास, संरक्षण, सम्बद्र्धनको क्षेत्रमा क्रियाशील रहेको गीतकार संघ नेपाल र संगीतकार संघ नेपाललाई २५÷२५ हजार रुपैयाँ हस्तान्तरण गरेकी थिइन् । यसभन्दा अघि नै उनले आफूले सहयोग गर्ने बताएकी पन्तले उक्त रकम आज हस्तान्तरण गरेकी हुन् । दुबै संस्थाको प्रतिनिधित्व गर्दै आएका संगीतकार संघ नेपालका प्रेस सल्लाहकार तथा गीतकार लोकराज अधिकारीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो।
उक्त कार्यक्रममा संगीत कला पत्रकार संघका अध्यक्ष सुमन पण्डित, संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारी, अन्जु पन्त फाउन्डेसनका महासचिव थीर केसी र गायिका पन्तले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै जलजलाकी बुबा नारायणबहादुर दर्जी र ओम विक्रम विष्टका छोरा शिखर विक्रम विष्टले सहयोगप्रति गायिका पन्तलाई धन्यवाद प्रकट गरेका थिए । कार्यक्रम पत्रकार दीपज्योति थापाले संचालन गरेकी थिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।