• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

​​​​​​​ मुटुरोग के हो र यसलाई कसरी स्वस्थ राख्ने?

64x64
नेपाल लाइभ आइतबार, असोज १२, २०७६  ०८:२६
1140x725

काठमाडौं- आज विश्व मुटु दिवस। संसारभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। मुटु दिवसकै अवसरमा काठमाडौंमा पनि विभिन्न कार्यक्रमहरु गरिँदैछन्।

आममानिसमा मुटुरोग भन्नासाथ हृदयघात र हार्ट फेल मात्र हो भन्ने भ्रम छ। तर, मुटका अन्य थुप्रै रोग हुन्छन्। मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग हुने गरेको डाक्टरहरु बताउँछन्। तीमध्ये डाक्टरहरुले मुटुका रोगलाई जन्मजात मुटुरोग, बाथ मुटुरोग र जीवनशैलीसँग सम्बन्धी मुटुरोग भनेर ३ भागमा बाँडेका छन्।

जन्मजात मुटुरोग
कुनै केटाकेटीलाई जन्मजात मुटुरोग लागेको हुन सक्छ। डा प्रकाशराज रेग्मीका अनुसार यो रोग थोरैलाई मात्र लाग्छ। उनका अनुसार गर्भधारण गरेको ३ महिनाभित्र आमालाई रुबेला नामक दादुराजस्तै प्रकृति भएको रोग लाग्यो भने यसले शिशुको निर्माण भइरहेको मुटुमा विकृति गराउँछ। फलस्वरूप जन्मजात बालकमा मुटुको समस्या आउँछ। उनी भन्छन्, ‘गर्भधारण गरेको ३ महिनाको अवधिमा महिलाले गर्भका लागि असुरक्षित मानिएका औषधि सेवन गरेमा, अत्यधिक धूमपान र मद्यपान गरेमा, शरीरमा एक्सरेको विकीरण परेमा मुुटुको संरचनामा गडबडी भई बच्चामा विकृत मुटुको निर्माण हुनजान्छ।’ 

डाक्टरहरुका अनुसार भोजनमा भिटामिन र अन्य आवश्यक पोषण तत्वको कमी भएमा पनि जन्मजात मुटुरोग लाग्ने सम्भावना रहन्छ। नवजात शिशुको जिब्रो, ओठ र औंलाका टुप्पाहरु नीलो हुने, औंलाका टुप्पाहरु बाक्ला र चाक्ला हुने, मुटु हल्लिने, दम बढ्ने, बारम्बार रुघाखोकीले सताइराख्ने, शिशुको उमेरअनुसार शारीरिक विकास नहुने र निधारमा पसिना आउने जन्मजात मुटुरोगका लक्षण हुन्।

बाथ मुटुरोग
यो बच्चा अवस्थामा घाँटीमा समस्या भइरहेका केटाकेटीलाई देखिने रोग हो । सामान्यतः ३ देखि १५ वर्र्षका बालबालिकामा बारम्बार घाँटी दुख्ने, टन्सिल बढ्ने हुन सक्छ । यसरी घाँटी दुख्ने गरेका केटाकेटीलाई एकखाले ज्वोरो आउन सक्छ, जुन बेला एकपछि अर्को गरी हातखुट्टाका ठूला जोर्नीहरु दुख्ने र सुन्निने हुन्छन्। यो ज्वरोलाई बाथज्वरो भनिन्छ । यसै ज्वरोको कारण पछि गएर मुटुको भल्भ खराब हुने रोग लाग्छ । यसलाई बाथमुटुको रोग भनिन्छ। 

जीवनशैलीसँग सम्बन्धित मुटुरोग
जीवनशैलीसँग सम्बन्धित मुटुरोगमा हृदयाघात, उच्च रक्तचाप आदि पर्छन्।

मुटुरोगमध्ये हृदयाघातलाई मानव मृत्युको प्रमुख कारण मानिँदै आएका छ। डाक्टरहरुका अनुसार मुटु मांसपेशीको डल्लो हो, यसले पम्पको काम गर्छ र शरीरभर रक्तसञ्चालन गराउँछ। मुटुलाई काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका ३ वटा कोरोनरी रक्तनलीहरुमा प्रवाहित रगतमार्फत ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ। त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरु स्वस्थ हुनु जरुरी छ । 

हृदयघात
मुटुका रक्तनली विभिन्न कारणबाट कोलेस्टेरोल (बोसो) जमेर साँगुरो हुने गर्छ। जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीहरुमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन। विस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढ्छ। रक्तनली पूरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ। मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षत्रिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिँदै गएमा मांसपेशी मर्छ र यसले काम गर्न छाड्छ । यो अवस्थालाई हृदयघात भएको भनिन्छ । हृदयघात हुँदा छातीको बीच भागमा असह्य पीडा हुन्छ । हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए तत्काल मृत्यु हुन सक्छ।

nimb
nimb
Ncell 2
Ncell 2

उच्च रक्तचाप
मुटुरोगमध्ये उच्च रक्तचाप पनि एक खतरनाक रोग हो । हाम्रो मुटु खुम्चिने र फुल्ने गर्दा रक्तनलीहरुमा उत्पन्न हुने चापलाई रक्तचाप अर्थात् ‘ब्लड प्रेसर’ भनिन्छ । स्वस्थ मानिसमा रक्तचाप १२० र ८० मिमी मर्करी वा सोभन्दा कम हुनुपर्छ। रक्तचाप १४० र ९० भन्दा बढी भयो भने यसलाई उच्च रक्तचाप भनिन्छ । रक्तचाप बढी भएमा रक्तनलीहरु बढी तन्किन गई फुट्न सक्छन् । दिमागको नसा फुटे पक्षघात हुन्छ, आँखाको नसा फुटे अन्धोपन हुन्छ, मुटु वा मिर्गौलाका रक्तनलीमा असर परे हृदयघात वा मिर्गौला फेल हुन्छ। 

हार्ट फेल
हार्ट फेल पनि मुुटुको डरलाग्दो रोग हो । डा रेग्मीका अनुसार अधिकांश मानिस दम बढ्ने बित्तिकै फोक्सोमा खराबी आयो भन्ने सोच्छन् । तर, यो आंशिक रुपमा मात्र सत्य हो। दमको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुसँग पनि हुन्छ।

उनी भन्छन्, ‘यदि शारीरिक श्रम गर्दा दम बढ्छ र आराम गरेपछि कम भएर जान्छ भने यो मुटुरोग हुन सक्छ । मुटु सुन्निएको, मुटुका मांसपेशीहरु कमजोर भएको, मुटुको भल्भ बिग्रिएको अवस्थामा यस्तो प्रकृतिको दम उत्पन्न हुन्छ। यसलाई हार्ट फेल भएको भनिन्छ ।’ उनका अनुसार हार्ट अट्याक र हार्ट फेल फरक–फरक अवस्था हुन् । हार्ट अट्याक भएपछि मुटु कमजोर भई हार्ट फेल हुन्छ। मुटु कमजोर हुँदा मानिस सास नपुगेर निसासिन्छ । यसका साथै मुटु सुन्निने रोग तथा मुटुको घड्कनमा गडबडी आउने पनि 18मा आएको परीवर्तनका कारण मुटुमा देखिने समस्या हुन्।

मुटु स्वस्थ राख्न यसो गर्नुहोस्
तपाईं आफ्नो मुटुलाई स्वस्थ बनाउने सबालमा विभिन्न तत्वको महत्वपूर्ण भूमिका हुन्छन् । कतिपय कुराहरु आफ्नो काबु बाहिरको परिस्थितिमा पनि हुन्छ । जस्तै वंशानुगत समस्या रहेछ भने तपाईंले त्यसलाई परिबर्तन गर्न सक्नुहुन्छ । तपाईंको पारिवारिक पृष्ठभूमि मुटु रोगसम्बन्धी छ भने तपाईलाई यसको बढ्दो खतरा हुन्छ । मुटु रोगको खतरलाई न्यून गर्ने केही प्रमाणित उपाय यस प्रकार रहेका छन्। 

धुमपान त्यागिदिनुहोस्
पिउने आदतले मुटु रोगीलाई झनै अशर गर्छ । गत वर्ष बेलातयका १० लाख मानिसहरुमा गरिएको एक अध्ययन अनुसार धुमपान गर्ने व्यक्ति अन्य भन्दा १० वर्ष अगाडि नै मर्ने गर्छन् । ४० वर्ष अगाडि नै धुमपान गर्न छोडिदिनु भयो भने तपाई‌ंले यसलाई निरन्तरता दिदा भन्दा तपाई १० गुण बढी स्वस्थ हुने सम्भावना हुन्छ । मुटुको अतिरिक्त तपाईं स्वाश्सप्रशास, मुड, स्ट्रोक, डायबिटिज, क्यान्सर, रक्तप्रबाह लगायत अन्य समस्याहरुमा तीव्र सुधार हुन्छ । 

तौल घटाउनुहोस्
 मुटु रोग र अत्यधिक मोटोपनबीच पनि ठूलो सम्बन्ध रहेको छ । तौलमा हुने बृद्धिले तपाईलाई टाइप २ डायबिटिजको खतरा मात्र ल्याउदैन मुटु रोगको खतरलाई बढाउछ। हिपमा भन्दा कम्मरमा बढी तौल छ भने तपाई स्वास्थका दृष्टिले अझै बढी जोखिममा पर्नुहुन्छ । यस्तो अवस्थामा ह्दयघात, उच्च रक्तचाप, सुगरको समस्या बढ्छ ।
मोटोपनबाट मुक्त ज्यान स्वास्थ्यका लागि उपयुक्त हो त?

संतृप्त तौललाई कटौती गर्न तपाईंलाई चिकित्सकहरुले सुझाब दिएका होलान्। रगतमा खराब कोलोस्ट्रोलको मात्र बढ्ने र यसले मुटुका धमनीलाइ साँगुरो पारी ह्दयघत गराउने भएकोले पनि तौल घटाउन चिकित्सकले सुझाब दिने गर्छन्। तपानी थोरै मात्रामा खाइने बटर, घ्यु क्रिम स्वास्थका लागि त्यति डरलाग्दो नहुने विज्ञहरु बताउँछन् । 

रातो मासु नखानुहोस्
मुटु स्वस्थ बनाउन रातो मासु नखान विज्ञहरुले बताउदै आएका छन् । धेरै मात्रामा रातो मासु खानेमा मुटु रोगको खतरा २४ प्रतिशतले बढाउँछ। हरेक दिन ५० ग्राम परिष्किृत मासु खाने मानिसमा मुटु फेलियरको खतरा ८ प्रतिशत हुन्छ भने मृत्युको सम्भवाना ३८ प्रतिशत हुन्छ । रातो मासुले पेटसम्बन्धी अन्य रोग पनि निम्त्याउँछ । 

थोरै नुन खाने
अत्यधिक नुनको सेवनले रक्तचाप बढाउने जीवनको उत्तराद्र्धतिर मुटुको खतरा बढाउँछ । बयस्कहरुले दिनमा ६ग्राम भन्दा पनि न्यून (एक चिया चम्चा) नुन खानुपर्छ । नुनको मात्रा घटाउनुको अर्थ केबल तरकारीमा नुनको परिणाम घटाउने होइन कि अन्य नुनिला खानेकुरा पनि खान छोड्नुपर्छ  ।

चिनीलाई पनि बाईबाई गरिदिनुहोस्
अमेरिकाको ठूलो जनसंख्यामा गरिएको एक पछिल्लो अध्ययनमा चिनी मिसाइएको दैनिक २५ प्रतिशत भन्दा बढी दैनिक क्यालोरी खाने मानिसहरुमा मुटु रोगबाट मृत्यु हुने तीन गुणा खतरा रहेको छ । बढी चिनी खादा तौलमा बृद्धि गर्नुका साथै मधुमेयको समस्या बढाउँछ। खाना र पेयमा राखिने चिनिको मात्रा घटाउनुहोस्। दिनहुँ खाने खानेकुरामा हुने चिनिको मात्रालाई विशेष ख्याल गर्नुहोस्। 

सक्रीय रहनुहोस् 
सक्रीय रहनुहोस । यदि तपाई सुस्त र अल्छी हुनुहुन्छ भने आजै देखि सक्रीय हुनुहोस । ४० वर्षपछि केही घन्टा फटाफट हिड्दा, साईकल चलाउदा वा सामान्य गतिविधिमा व्यस्त हुदा तपाईंको मुटु स्वस्थ हुन्छ । त्यसो त व्यायायम लगायतका शारीरिक गतिविधिबाट स्वास्थ्यमा धेरै फाइदा हुन्छ । 

तनावमुक्त हुनुहोस्
तपाईं स्वस्थ मुटु राख्न चाहानुहुन्छ भने तनाबरहित हुनुहोस्। तनावले मुटुसँग विभिन्न समस्या उत्पन्न हुन्छन् । तनाव दिने हर्मन कोर्टिसोले अस्वस्थ फ्याटमा बृद्धि गरी मुटुको समस्याको खतरा बढाउँछ र अझै चिल्लो, चिनीयुक्त खानाप्रतिको आशक्त बढाउँछ । तसर्थ स्वस्थ मुटुको लागि आजैदेखि तनाबरहित हुनुहोस्।

प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  ०८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ?
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ? शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य बिहीबार, जेठ २१, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्