फ्र्याङ्कफर्ट- गगनचुम्बी भवनहरू चढ्न पोख्त ‘फ्रान्सेली स्पाइडरमेन’ अलाइन रोवर्ट जर्मनीको फ्र्याङ्कफर्ट सहरस्थित ‘स्काइपर’ टावर चढेपछि पक्राउ परेका छन्।
सन्ताउन्न वर्षीय रोवर्टले पक्राउ पर्नुभन्दा पहिले आधा घण्टाको छोटो समयमा नै १ सय ५४ मिटर अग्लो ४२ तले भवनमा कुनै सरकारी स्वीकृति र सुरक्षा सामग्रीविना नै चढेका थिए। उनको साहसिक कार्यलाई सडकमा हिँडिरहेका यात्रुले चकित मान्दै अवलोकन गर्नुका साथै फोटोहरू लिएका थिए।
सन् १९९४ देखि आफ्ना चमत्कारको प्रदर्शन गर्दै आएका रोवर्टले दुबईस्थित विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा र पेरिसस्थित इफेल टावरलगायतका स्थानमा चढेर विश्वलाई चकित पारिसकेका छन्।
अगस्टमा उनले हङकङस्थित एक गगनचुम्बी भवनमा चढेर ‘शान्ति’को झण्डा फहराएका थिए।

शनिबार पक्राउ पर्नुपूर्व उनले गगनचुम्वी भवनहरूको यात्राको पछाडि आफ्नो कुनै गुह्य नरहेको र यो केवल आफ्नो क्षमताको प्रदर्शन मात्र रहेको बताएका थिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।