काबुल- अफगानिस्तानमा कडा सुरक्षा र बम आक्रमणका घटनाबीच शनिबार राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको छ।
मतदान केन्द्रलाई निशाना बनाउने बताएका तालिबान लडाकुको चेतावनीबीच देशभर ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। तालिवान विद्रोहीले मतदान केन्द्रहरूसमेतमा बम र मोर्टार आक्रमण गरी निर्वाचन मतदानलाई भाँड्ने प्रयास गरेका थिए।
नब्बे लाखभन्दा बढी मतदातामध्ये यहाँ ३५ प्रतिशत महिला मतदाता रहेका छन्।
स्वतन्त्र निर्वाचन आयोगले तीन हप्ताभित्र मतदानको नतिजा सार्वजनिक गर्नसक्ने अपेक्षा गरिएको छ।
दुईपटक सारिएको उक्त निर्वाचन अमेरिका र तालिबान विद्रोही समूहबीच केही समयदेखि हुँदै आएको शान्तिवार्ता भङ्ग भएपछि भएको हो।
अफगानिस्तानका निवर्तमान राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह प्रमुख दाबेदार मानिएका छन्। उनीहरू सन् २०१४ देखि सत्तामा छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।