काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन्।
अध्यक्षको प्रतिस्पर्धामा रहेका विनयराज पाण्डेलाई पराजित गर्दै उनी विजयी भएका हुन्। यसका साथै पदाधिकारीमा अधिकांश चन्द पक्षकै उम्मेद्वार विजयी भएका छन्।
चन्दले ४४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी पाण्डेले १५ मत मात्र प्राप्त गरेका छन्।
उपाध्यक्षमा राजुबाबु श्रेष्ठले ४१ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी डेण्डु लामाले १७ मत प्राप्त गरे।
यसैगरी सचिवमा अशोकनाथ प्याकुरेल ४३ मत प्राप्त गरी विजयी भए। कोषाध्यक्षमा रोशनकुमार सिंह विजयी भए।
प्रदेश सदस्यतर्फ प्रदेश १ बाट कैलाश विष्टले ३७ र प्रदेश ३ बाट अमित बिर पाण्डे ३९ मत ल्याएर निर्वाचित भए।
प्रदेश सदस्यतर्फ नै प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रसान्त बिक्रम मल्ल, प्रदेश ६ बाट पदम बहादुर खड्का र प्रदेश ७ बाट बिक्रम बिष्ट भने निर्विरोध निर्वाचित भएका थिए। यस्तै महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध चुनिए ।
खुल्ला सदस्यमा दुर्गा राज पाठक (४२), बिरेन्द्र वहादुर चन्द (३६), माधव कुमार कर्माचार्य (३५),संजय राज सिंह (३४) र करन महोत्रा छेत्री (३०) मत ल्याएर निवार्चित भएका छन्।
निर्वाचनमा जिल्ला र प्रदेशबाट आएको ५९ प्रतिनिधिले मतदान गरेका थिए।
काठमाडौंको म्यारिएट होटलमा दिउँसो १ बजेदेखि मतदान भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।