• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

नेपाली क्रिकेटमा प्रश्न : नयाँ आशा, पुरानै अनुहार?

क्यान निर्वाचनको प्रतिस्पर्धाका अन्तरकुन्तर
64x64
ऋग्वेद शर्मा शुक्रबार, असोज १०, २०७६  १९:१८
1140x725

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन शनिबार हुँदैछ। निर्वाचनको अघिल्लो दिनसम्म पनि चुनावी जोडघटाउमा प्रतिनिधिहरु व्यस्त छन्। सर्वसम्मत रुपमा नेतृत्व चयनमा पहल भइरहँदा राजनीतिक रस्साकस्सीसमेत देखिन्छ। 

शुक्रबार क्यानको केन्द्रिय विशेष साधरण सभा उद्घाटन भयो। त्यसैअनुरुप केन्द्रिय कार्यसमितिको निर्वाचन शनिबार हुँदैछ। शनिबार बिहान नै उम्मेदवारी घोषणा हुनेछ। यसअघि असोज ३ र ४ गते गर्ने भनिएको निर्वाचन छलफल बिना तय भएको भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) ले असन्तुष्टि जनाएको थियो। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी), राखेप र स्वतन्त्र कमिटीका प्रतिनिधिसहित भएको छलफलबाट क्यान निर्वाचनको मिति तय भएर काम भइरहेकाले यसपटकको निर्वाचनपछि नेपाली क्रिकेटमाथिको प्रतिबन्ध फुकुवा हुने विश्वास गरिएको छ। आइसिसीले आफ्नो विशेष पहलमा नेपाली क्रिकेटको विवाद समाधानको लागि पाँच सदस्यीय स्वतन्त्र समिति गठन गरेको थियो। 

आइसिसीले नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भन्दै २०७३ साल वैशाखदेखि क्यानलाई प्रतिबन्धमा राखेको छ । क्यानको निर्वाचन भए अक्टोबर १३ मा हुने आइसिसीको वार्षिक बैठकमार्फत नेपाली क्रिकेटमाथिको प्रतिबन्ध फुकुवा हुने विश्वास गरिएको छ।  

आइसिसीले गठन गरेको स्वतन्त्र समितिले जिल्ला र प्रदेशको निर्वाचन सम्पन्न गरेपछि अहिले जिल्ला प्रतिनिधिहरु नेपाली क्रिकेटको नयाँ मुहारको आशमा केन्द्रिय विशेष साधरण सभामा उपस्थित भएका छन्। तर, यसपटकको निर्वाचनपछि पनि क्यानको नेतृत्वमा नयाँ अनुहार भने हुने छैन। 

यसअघि नेपाली क्रिकेटमा लामो समय नेतृत्व गरेका विनयराज पाण्डे, निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्द र राखेप सदस्य बिनोद मैनाली नयाँ नेतृत्वका लागि दौडधुपमा देखिए पनि अहिले प्रतिस्पर्धामा पाण्डे र चन्द मात्रै आएका छन्। मैनाली पाण्डे नेतृत्वको समूहमा सचिवका लागि अघि सरेका छन्।

जिल्ला र प्रदेश गरि ५९ प्रतिनिधिले क्यानको विशेष साधारण सभामा भाग लिइरहेका छन्। सहभागी प्रतिनिधिमा बहुमत हुने ३० मत ल्याउने समूहले नेपाली क्रिकेटको नेतृत्व पाउनेछ। त्यसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोपाध्यक्षसहित १७ सदस्यीय कार्यसमिति चयन हुनेछ।

पाण्डे नेतृत्वको समूहबाट उपाध्यक्षमा मिङ्मा डाण्डु शेर्पा, सचिवमा बिनोद मैनाली र कोषाध्यक्षमा उपेन्द्र भट्टराई उठ्ने पक्कापक्की देखिएको छ। चन्द नेतृत्वको समूहबाट उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशनकुमार सिंहले उम्मेदवारी दिने देखिएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यसअघि नै पाँच वर्ष क्यान अध्यक्षको जिम्मेवारी लिइसकेका व्यक्ति हुन् पाण्डे। सन् १९६५ देखि नै क्यानमा रहेका पाण्डे २००५ देखि २०१० सम्म अध्यक्ष थिए। यस्तै बैतडी जिल्लाबाट प्रतिनिधि हुँदै क्यानसम्म आइपुगेका चन्द २०७२ मा क्यान अध्यक्षमा निर्वाचित भएका थिए। जतिबेला तत्कालिन अध्यक्ष टंक आङबुहाङ समूहले निर्वाचन बहिस्कार गरेको थियो। 

त्यससमय क्यान प्रतिबन्धको कारणसमेत त्यही निर्वाचन बन्न पुग्यो। आङबुहाङ समूहले निर्वाचन बहिस्कार गरेको कुरालाई लिएर राखेपका तत्कालिन सदस्यसचिव केशवकुमार विष्टले निर्वाचन अस्वीकार गरिदिएका थिए। त्यसपछि नै आइसीसीले प्रतिबन्ध लगाइदिएपछि चन्दले अध्यक्षका रुपमा काम गर्न पाएनन्। 

जस लिने हतारो
नेपाली क्रिकेटमाथिको प्रतिबन्धका कारण क्रिकेटमा लागिपरेकादेखि समर्थकहरुसम्म नयाँ नेतृत्वको प्रतिक्षामा थिए। निर्वाचनपछि नेपाली क्रिकेटमाथि लागेको प्रतिबन्ध फुकुवा हुनेमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मादेखि राखेप सदस्यसचिव रमेश सिलवालसमेत ढुक्क छन्। 

तर, नयाँ नेतृत्वले क्यानमाथिको प्रतिबन्ध फुकुवा गर्न केही प्रक्रियासहितका कामहरु पनि निर्वाचनपछि पनि गर्नुपर्ने हुन्छ। क्यानमा देखिएका आर्थिक अनियमिताका कुरामा नयाँ नेतृत्व स्पष्ट रुपमा अगाडि बढ्न आवश्यक छ। 

अहिले क्यानको निर्वाचन भएर प्रतिबन्ध फुकुवा हुने स्थिति आइपर्दा यसमा देखिएका पात्रहरु जस लिने हतारोमा पनि देखिन्छन्। शुक्रबार विशेष साधारण सभा उद्घाटनमा पनि क्यानको निर्वाचन आफ्नै कारण सम्भव भएका दाबिहरु सुनिएका थिए। जसका कारण निर्वाचन हुन लागेको भए पनि सबैको सकारात्मक पहलमा काम भएको भन्दै क्यानलाई अझ पारदर्शी रुपमा अगाडि बढाउनबाट चुक्न भने हुँदैन।

जस लिने होडमा नेपाली क्रिकेटको विकासमा देखिएको आश अझ कमजोर नहोस् भन्नेमा सबै पक्ष सचेत हुन जरुरी देखिन्छ। साधारण सभाको उदघाटनपछि मन्त्री विश्वकर्माले आफूले लुकिलुकि भेट्दै छलफलहरु गरेको सुनाए। ‘लुकी लुकी पनि धेरै पटक धेरै जनालाई भेटेको छु। क्रिकेटलाई अगाडि बढाउन कसरी सकिन्छ भन्नेमा पहल गरेको छु। अहिले लामो प्रतिक्षापछिको खुसीको क्षणमा आइपुगेका छौँ’ उनले भने। 

जुनसुकै कारणले भए पनि क्यान निलम्बनमा पर्नु दुर्भाग्य भएको भन्दै उनी भन्छन्– ‘निलम्बन भएका कसरी भएको थियो भन्ने कुरा यो साधारणसभामा पनि सबैले मनमनै सोच्लान्, तर इतिहासले भने निलम्बनका कारणलाई स्पष्ट हेर्नेछ। आजको दिन निकै ढिलो गरी आयो, अब सुखद सुरुवात होला भन्ने आश छ।’

उदघाटन कार्यक्रममा झण्डै एक घण्टा ढिलो पुगेका राखेप सदस्यसचिव रमेश सिलवालले पनि शुभकामना दिँदै निर्वाचनपछि क्यानमाथिको प्रतिबन्ध फुकुवा हुने विश्वास व्यक्त गरे। ‘नेपालले आइसिसीको प्रतिबन्ध भोगेको कसैका लागि पनि सुखद होइन। अब यो साधरण सभाले एउटा निकासा निकाल्ने छ। आइसिसीसँग हामीले कुरा गरेअनुसार अबको आइसिसी बैठकमार्फत प्रतिबन्ध फुकुवा हुनेछ भन्ने लागेको छ’ उनले भने।

सदस्यसचिव सिलवालले अझै पनि छलफल गरेर सर्वस्वीकार्य नेतृत्व चयन गर्न पनि सुझाए।

दुवैको सोच क्रिकेट विकास !
डिभिजन फाइभदेखि एकदिवसीय मान्यतासम्म आइपुग्दा नेपाली क्रिकेटले मैदानबाट दिएको खुसी जति नै ठूलो भए पनि क्यानमाथिको प्रतिबन्धका कारण भोगेका समस्याहरु पनि उस्तै ठूला छन्। खेलाडी र प्रशिक्षकले पाउने तलबको अप्ठ्यारादेखि हरेक प्रतियोगितामा जान र त्यसको तयारी गर्न आइसिसीकै मुख ताक्दा कति अवसरसमेत गुमे। 

अहिले नेतृत्वमा आउन चाहिरहेका चन्द र पाण्डे आफूहरु नेपाली क्रिकेटको विकासकै लागि नेतृत्वमा आउन लागेको बताउँछन्। दुवैको सोच एउटै हो भने किन मिलेर अगाडि नबढ्ने भन्नेमा उनीहरुको आआफ्नै तर्क छ।

चन्द आफू अध्यक्ष बनेर पाण्डेलाई सल्लाहकारका रुपमा अगाडि सार्न चाहन्छन्। त्यसका लागि उनीहरुबीच पटक पटक कुराकानी भएको पनि हो। तर सहमति भने हुन सकेको छैन। चन्द समूहले टिम राम्रो बनाएर अगाडि आउने हो भने आफू पछि हट्न तयार रहेको पाण्डेको भनाई छ।

‘उहाँसँग विभिन्न पटक छलफल भएको हो। त्यसमा उहाँ अध्यक्षका रुपमा आएर मलाई सल्लाहकार बसिदिनुुस् भन्नुभएको हो। तर उहाँहरुको समूह क्रिकेट विकासका लागि लाग्न सक्छ भन्नेमा शंका छ। राम्रो टिम बनाएर आउनुभयो भने समर्थन गर्छु भनेको हो तर उहाँ टिम बनाएर आउन सक्नुभएन’ पाण्डेले भने। 

चन्द भने आफूलाई उपाध्यक्षमा राखेर अगाडि बढ्ने पाण्डेको आग्रह आफूलाई नसुहाउने प्रस्ताव भएको बताउँछन्। ‘म अध्यक्षमा उठेर जितिसकेको मान्छे, अब फेरि उपाध्यक्षमा घटुवा हुन कतिसम्म सुहाउने कुरा हो? त्यसरी अगाडि बढ्न त अप्ठ्यारो हुन्छ’ उनले भने। 

क्यानमाथिको प्रतिबन्ध फुकुवा गर्ने, घरेलु क्रिकेटको संरचना बनाएर अगाडि बढ्न्, राष्ट्रिय प्रतियोगिता राम्ररी गर्ने, क्यानलाई पारदर्शी रुपमा अगाडि बढाउने दुवै प्रत्याशी आफ्नो योजना रहेको सुनाउँछन्। 

पाण्डे क्रिकेट बुझेका मान्छेले आफूलाई चयन गर्नेमा ढुक्क रहेको सुनाउँछन् भने चन्द जिल्लादेखि मेहनत गरेर आएको मान्छे भएको हुँदा प्रतिनिधिहरुले आफूलाई छनोट गर्ने बताउँछन्। दुवैजना समूह बनाएर अगाडि बढिरहे पनि अन्तिम समयमा हुने भोट क्रसले आफूलाई सघाउने दुवैको दाबी छ।  

प्रतिबन्ध फुकुवा नै पहिलो योजना
क्यान नेतृत्वका लागि अघि सरेका दुवैजनाको प्रमुख योजना नै क्यानमाथिको प्रतिबन्ध फुकुवा गर्ने रहेको छ। क्यानमाथिको प्रतिबन्ध फुकुवा गर्ने र नेपाली क्रिकेटलाई अगाडि बढाउने उनीहरुको योजनामा आइसिसी पनि सकारात्मक देखिन्छ। 

आइसिसीले गठन गरेको स्वतन्त्र समितिकी सदस्य नितिशा कोठारीले डिभिजन फाइभदेखि एकदिवसीय मान्यतासम्म आइपुग्दा नेपाली क्रिकेटमा भएको प्रगति आइसिसीले पनि नजिकबाट नियालेको भन्दै प्रतिबन्ध फुकुवा गर्नेमा आइसिसी सकारात्मक रहेकोतर्फ संकेत गरिन्। 

‘नेपाल आज टी २० क्रिकेटमा जिम्मावेसँग खेल्दैछ। हरेक अन्तर्राष्ट्रिय मैदानमा नेपालले पाएका उपलब्धीमा सबैको ध्यान परेको छ। हामीले नेपाल कसरी डिभिजन फाइभदेखि वान डेसम्म पुग्यो भन्ने देखेका छौँ। क्यान निर्वाचनका लागि स्वतन्त्र समितिले निकै राम्ररी काम गरेको छ। भोलिको निर्वाचन राम्ररी होस् भन्ने चाहेका छौँ’ उनले भनिन्।

यस्तै स्वतन्त्र समितिका सदस्य मोहम्मद अलिले पनि आफूहरुले विभिन्न चरणमा गरेको छलफलको परिणामले यहाँसम्म आइपुगेको बताएका छन्। ‘आइसिसी यो प्रक्रियाको बारेमा पूर्ण जानकार छ र नेपाली क्रिकेट फुकुवा भएको हेर्न चाहन्छ। त्यसैले भोलिको दिन हामी सबैका लागि खुसीको दिन हुनेछ’ उनले भने। 

स्वतन्त्र समितिका सदस्य ठाकुर प्रताप थापाले आइसिसी, खेलकुद मन्त्रालय, राखेप सबैको सहयोगमा क्यान निर्वाचनसम्म पुग्न सम्भव भएको बताए। ‘सबैको सहयोगमा यहाँसम्मको बाटो सम्भव भएको हो। साधरण सभामा जति पनि छौँ, सबैको पहलमा नेपाली क्रिकेट फुकुवा हुँदै सकारात्मक बाटोमा बढ्ने विश्वास गरेका छौँ। ठूलो कामका लागि अलिकति समय लागेको छ तर राम्रो हुनेछ’ उनले भने। 

प्रतिनिधिहरु पर्ख र हेरमा
जिल्ला र प्रदेशबाट आएका सबै प्रतिनिधिहरु अझै स्पस्ट भने देखिँदैनन्। कतिपय प्रतिनिधि आफ्नो मत कसलाई दिने भन्नेमा ढुक्क देखिन्छन् भने कतिपय अन्तिमसम्म पर्ख र हेरको स्थितिमा छन्।

तनहुँका प्रतिनिधि सुदिप शर्मा आफू कुनैपनि पदका पछि नलागेकाले स्वतन्त्र रुपमा निर्वाचनमा लाग्ने बताउँछन्। अहिलेसम्म कसलाई मत दिने यकिन नभएको भन्दै उनी भन्छन्, ‘पदका पछि नलागेपछि स्वतन्त्र रुपमा जान सकिने रहेछ, नेपाली क्रिकेटको विकासमा अन्तिमसम्म जसको योजना स्पष्ट रुपमा आउँछ उसैलाई मत दिने योजनामा छु’ उनले भने। 

बाराबाट प्रतिनिधि रहेका पूर्व क्रिकेटर पवन अग्रवाल नेपाली क्रिकेटको विकासका लागि कसको नेतृत्व आवश्यक छ भन्नेमा आफू स्पष्ट रहेको बताउँछन्। ‘क्यान निलम्बन फुकुवा गर्न यो पहिलो चरण हो। तर यहाँ धेरै त पुरानै अनुहार छन्। जो पहिले विवादित भए उनीहरुसँग फेरि पनि के आश राख्न सकिन्छ र? आश राख्ने अवस्था नै छैन’ उनले भने। 

गण्डकी प्रदेशबाट प्रतिनिधि बनेर आएका ऋषिराम गौतम नेपाली क्रिकेटको नेतृत्व जुन हिसाबले आउला भन्ने सोच थियो त्यो नहुने हो कि भन्ने शंका रहेको बताउँछन्। साधरणसभामा भेटिएका उनी भन्छन्– ‘यहाँ केही व्यक्तिको जुँगाको लडाइँका कारण नेपाली क्रिकेट जुन उचाइमा पुग्न सक्थ्यो

त्यसमा धक्का लागेको छ, हामी मोफसलबाहिर बसेर नेपाली क्रिकेटमा जति सोचेका छौँ त्यो यहाँ आउँदा व्यक्तिगत स्वार्थ बढी भएको देखियो। सर्वसम्मत नेतत्व आओस् भन्ने चाहेका थियौँ तर त्यो होला जस्तो छैन।’

कहाँबाट को प्रतिनिधि? 

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६  १९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
सुनसरी-सिरहा घटनाको प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्री शाह र भारतीय प्रधानसेनापति सेठबीच भेटवार्ता मंगलबार, भदौ २, २०८३
फेरि पक्राउ पर्ने त्रासबीच पत्रकार किशाेर श्रेष्ठ रिट लिएर,पुगे उच्च अदालत, के गर्ला प्रहरी? मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्री शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्