रुपन्देही– सोमबार र मंगलबार रुपन्देहीमा भएका दुई दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
मायादेवी गाउँपालिका–४ गुण्डीस्थित हुलाकी सडकखण्डमा सोमबार लु.७प ३६०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक शुद्धोदन गाँउपालिका–५ मानमटेरीया बस्ने २५ बर्षीय विनोद कहारको मृत्यु भएको हो। मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने ३२ बर्षीय शम्भु मल्लाह घाइते भएका छन्।
यसैगरी बुटवल उपमहानगरपालिका–१२ स्थित महेन्द्र राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। लु.१ख ७७६५ नम्बरको ट्रकमा लु.३६प १२४२ नम्बरको स्कुटर ठोक्किदाँ स्कुटर चालक सैनामैना–४ मुर्गिया बस्ने ४२ बर्षीय जोक बहादुर क्षेत्री र मोटरसाइकल पछाडी सवार तिलोत्तमा नगरपालिका–११ बस्ने १७ बर्षीय संजिव पोख्रेल घाईते भएकोले उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल पठाईएकोमा संजिव पोख्रेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका जोक बहादुर क्षेत्रीलाई थप उपचारको लागी ग्राण्डी अस्पताल धापासी काठमाडौ पठाईएको छ र सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।