रियाद– साउदी अरबका क्राउन प्रिन्स मोहम्द विन सलमानले पत्रकार जमाल खशोज्जीको हत्याको जिम्मेवारी स्वीकार गरेका छन्। समाचार एजेन्सी रोयटर्सलाई उदृत गर्दै बिबिसीले लेखेको छ– मोहम्मद विन सलमानले अघिल्लो वर्ष साउदी एजेन्टद्धारा खशोज्जीको हत्या गरेका थिए । उनले त्यसको जिम्मेवारी लिन तयार रहेको बताए।
क्राउन प्रिन्सको अघिल्लो साता प्रसारित हुने तयारीमा रहेको एक डकुमेन्ट्रीमा उनले खशोज्जीको हत्या गरेको स्वीकार गरेका हुन्।
पहिलो पटक सार्वजनिक रुपमा पत्रकार खशोज्जीको हत्याको जिम्मेवारी स्वीकार गरेका हुन्। इस्तानावुलस्थित साउदी वाणिज्य दूतावासमा पत्रकार जमालको हत्या भएको थियो।
सिआइए र पश्चिमा देशहरुले पत्रकार जमालको हत्यामा साउदी क्राउन प्रिन्स सलमानको आदेशपछि भएको दावी गरेका थिए। तर साउदी अधिकारीले भने यो कुरालाई अस्वीकार गर्दै आएका थिए।
पत्रकार जमालको हत्यापछि विश्वभर चर्चा र साउदी सरकारको आलोचना भएको थियो।
पत्रकार जमालको हत्यापछि क्राउन प्रिन्सको छविमा ठूलो धक्का लागेको थियो। उक्त प्रकरणपछि विश्वभरि सबैभन्दा धेरै तेल निर्यात गर्दै आएको साउदी अरबका प्रिन्सले अमेरिका र युरोपको भ्रमण गरेका छैनन्।
सलमानले यो कुरा हत्या भएको एक साता पूरा हुनुभन्दा अघिल्लो दिन अक्टुबर १ मा प्रसारित हुन लागेको डकुमेन्ट्रमा बताएका छन्।
उनले पत्रकारको हत्या आफू उक्त स्थानमा रहेकै बेला भएको स्वीकार गरेका हुन्। यसअघि साउदी अधिकारीले पत्रकार जमालको हत्याका लागि दोस्रो व्यक्ति जिम्मेवार भएको ठहर गरेको थियो।
को हुन खशोज्जी
खशोज्जी अमेरिकी अखबार वाशिङ्टन पोष्टका पत्रकार हुन्। उनलाई पछिल्लो पटक २ अक्टुबर २०१८ मा इस्तानावुलको साउदी वाणिज्य दूतावासमा देखिएको थियो। उनको शव टुक्राटुक्रा पारेर बाहिर पठाइएको थियो। पछि खोजी हुदाँ केही फेला परेको थिएन।
हत्याको केही सातापछि रियादमा भएको एक पत्रकार सम्मेलनमा क्राउन प्रिन्सले यो घटना जघन्य र दुखद अपराध भएको बताएका थिए। उनले पत्रकार जमालको हत्यारालाई न्यायको कठघरामा उभ्याउने वाचा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।