कोलम्बो– श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले राष्ट्रपतीय निर्वाचनमा भाग नलिने भएका छन्। आउँदो नोभेम्बरमा हुने निर्वाचनका लागि आफूले उम्मेदवारी नदिने सङ्केत उनले बिहीबार गरेका छन्।
उनको पार्टीको तर्फबाट उपाध्यक्ष साजिथ प्रेमदासलाई उम्मेदवारी दिन स्वीकृति प्रदान गरिएको पनि अधिकारीहरुले जनाएका छन्। राष्ट्रपतिको उम्मेदवारका लागि अगाडि सारिएका प्रेमदास पूर्वराष्ट्रपति रनसिङ्घे प्रेमदासका छोरा हुन्नु।
पूर्वराष्ट्रपति प्रेमदासको सन् १९९३ मा प्रतिबन्धित तमिल टाइगर विद्रोहीहरूले हत्या गरेका हुन्। अहिले राष्ट्रपतिको उम्मेदवार हुन लागेका प्रेमदासले गोताबाया राजापाक्षेसँग मुख्य प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।
गोताबाया श्रीलङ्काका पूर्व राष्ट्रपति तथा प्रभावशाली नेता महेन्द्रा राजापाक्षेका भाइ हुन्। उनी धेरै विवादित मानिन्छन्। ७० वर्षीय गोताबायामाथि भ्रष्टाचारको आरोप लगाइएको छ। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।