काठमाडौं– चरेशसहित एक युवती पक्राउ परेकी छिन्। हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कबाट ५ किलो चरेशसहित पर्साको पटेर्वा सुगौली गाउँपालिका-१ बस्ने २४ वर्षीया गीता राई पक्राउ परेकी हुन्।
उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले बिहीबार बिहान पक्राउ गरेको हो।
प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेकी उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारेको थियो। उनीमाथि लागुऔषधमा म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।