कायरो- इजिप्टमा भएको प्रदर्शनमा १ हजारभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।
अधिकारवादी दुई समूहले दिएको जानकारीअनुसार राष्ट्रपति अब्देल फताह अल सिसीको बहिर्गमनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरूलाई पक्राउ गरिएको हो।
दुवै संस्थाले पक्राउ परेकाहरूको एकिन तथ्याङ्क भने फरक-फरक दिएका छन्। इजिप्सियन सेन्टर फर फ्रिडमस् एन्ड राइट्सले १ हजार ३ जना पक्राउ परेको जनाएको छ भने इजिप्सियन सेन्टर फर इकोनोमिक एन्ड सोसियल राइट्सले १ हजार २ सय ९८ जना पक्राउ परेको उल्लेख गरेको छ।
कायरो विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक हाजेम होन्सीलाई मङ्गलबार राति घरबाटै पक्राउ गरिएको छ। उनले निर्वाचनको बेलामा वर्तमान राष्ट्रपतिको विपक्षमा अभिमत राखेका थिए भने अहिले पनि सामाजिक सञ्जालमार्फत राष्ट्रपतिको आलोचना गर्दै आएका छन्।
अरू पनि धेरै पेसा, व्यवसायमा संलग्न तथा बौद्धिक क्षेत्रका व्यक्तिहरूलाई पक्राउ गरिएको ती अधिकारवादी संस्थाहरूले जनाएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।