न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी व्यवस्थामाथि नयाँ आक्रमण गर्दै विश्ववादीहरूले नजित्ने बताएका छन्।
मङ्गलबार राष्ट्रसंघमा सम्बोधन गर्दै उनले भने, 'भविष्य विश्ववादीको नभई देशभक्तको हुनेछ।'
उनले थपे, 'भविष्य आफ्ना नागरिकको भलो चिताउने र सुरक्षा प्रदान गर्ने सार्वभौम तथा स्वतन्त्र मुलुकहरूको हो। उनीहरूका छिमेकीलाई आदर गर्नुस्। मतभिन्नताहरूलाई सम्मान गर्नुस्। यसबाट हरेक मुलुकलाई विशेष र भिन्न बनाउनेछ।'
'वर्षौंसम्म व्यापार तनावहरू सहियो, बेवास्ता गरियो वा अझ प्रोत्साहन गरियो,' ट्रम्पले सम्बोधनमा भने, 'विश्वका नेताहरूलाई विश्वव्यापीकरणले उनीहरूको आफ्नो हितलाई बिर्सन उद्दत गरेको छ।'
उनले इरानले आफ्नो व्यवहार नसच्चाएसम्म नाकाबन्दी जारी रहने बताउँदै अमेरिकाको आलोचना गर्ने मुलुकहरू र त्यहाँका गतिविधिप्रति पनि विरोध जनाए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।