नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्ता पूर्व ) रजहरबाट बेपत्ता भएका युवा बालकृष्ण खरेलको अवस्था अझै सार्वजनिक हुन सकेको छैन।
गत माघ २२ गते मध्यरात १२ बजेपछि उनी आफ्नै घरबाट बेपत्ता भएका थिए। उनको कसैसँग रिस राग समेत नभएको पारिवारिक स्रोतले जनाएको छ।
२८ वर्षीय खरेल ९ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा स्पेनमा रहँदै आएका थिए। करिब दुई महिनाअघि मात्र प्रवासबाट घर फर्किएका उनको भोलिपल्ट विवाहको कार्यक्रम रहेको थियो।
बेपत्ता खरेलको खोजीका लागि उनका आफन्त, अमरापुरीका स्थानीयवासीले स्थानीय प्रशासनसहित सबै सरोकारवालालाई अपिल गरेका छन्। उनी एकाएक बेपत्ता भएपछि परिवारका साथै आफन्त र साथीभाइ चिन्तामा परेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।