काठमाडौं– ललितपुरको गोदावरी नगरपालिका ठेचोका बलराम केसीको मृत्यु नभइ हत्या भएको परिवारले आरोप लगाएका छन्।
केसी असोज १ गते गोदावरी नगरपालिकाकै एक खेतमा अचेत अवस्थामा भेटिएका थिए। तत्कालै उद्दार गरेर पाटन अस्पताल पु¥याइएको थियो। उनको उपचारकै क्रममा निधन भएको थियो।
प्रहरीले केसीसहित ठेचोकै ३३ वर्षीय राजु महर्जन, सुरोज परियारले सँगै मदिरा पिएको र पछि केसी बेहास भएपछि खेतमै छाडेर हिँडेको बताएको थियो। खेतमै अचेत अवस्थामा भेटिएका उनको उपचारको क्रमा मुत्यु भएको यसअघि प्रहरीले जनाएको छ।
केसीकै साथी मर्हजन र परियारको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।
तर केसीका परिवारले भने उनको हत्या भएको आरोप लगाएका छन्। परिवारले नेपाल लाइभसँग भन्यो, ‘दुई वटा दाँत फुक्लिएको, शरीरमा निलडाम भएको र अचेत अवस्थामा बलराम भेटिएका थिए। यस्तो अवस्थामा उनको मृत्यु स्वभाविक नभएर हत्या हुनपर्छ। सोही अनुसार अनुसन्धान गर्न माग गर्छौ।’
पीडित परिवारले उनको हत्या भएको भन्दै परियार र मर्र्हजनलाई विपक्षी बनाएर महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी समेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।