काठमाडौं– एसियाकै पहिलो प्रहरी सम्मलेन ‘एसिया पुलिस कलोकियम २०१९’ काठमाडौंमा सुरु भएको छ।
नेपाल प्रहरी र इन्टरनेश्नल कमिटी अफ द रेड क्रस ९आइपसिआरसी० को संयुक्त आयोजनामा काठमाडौं सञ्चालन हुने ३ दिने ‘एसिया पुलिस कलोकियम २०१९’ विषयक सम्मेलनको प्रहरी महानिरीक्षक ९आइजी० सर्वेन्द्र खनालले उद्घाटन गरेका छन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइजी खनालले सम्मेलनमार्फत समकालीन चुनौती र अवरोधहरूको पहिचान गरेर शान्ति सुरक्षा कायम गर्ने उद्देश्य र त्यसलाई समयमै सम्बोधन गर्न संयुक्त प्रयास भएको बताए। जसका लागि सबैको प्रतिबद्धता, सहयोग र समन्वय आवश्यक रहको आइजी खनालको भनाइ थियो।
सम्मेलनमार्फत दण्डहीनता, सुरक्षा चुनौती र आतंकवादको विरूद्ध लड्न सुरक्षा संगठनहरु माझ मजबुत सहयोग र समन्वयको आदान प्रदान हुने खनालले बताए।
बिभिन्न १५ देशका उच्च सुरक्षा पदाधिकारीको सहभागिता भएको यस सम्मेलनले सुरक्षा निकायहरूबीच सहयोग र समन्वयका साथ त्यस्ता गतिविधि रोक्ने र न्यूनीकरण गर्ने अभियानमा कदम चाल्ने खनालको भनाइ छ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै आइसिआरसी नेपालका मिसन प्रमुख आन्ड्रे पाक्केटले सम्मेलन सम्बन्धी तथा आइसिआयरसीले गरेको विविध गतिविधिबारेमा जानकारी दिएका थिए।
सम्मेलनमा नेपाल समेत गरी १५ एसियन राष्ट्रहरुका २५ जना वरिष्ठ प्रहरी अधिकारीहरुको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।