असम– रोहिंग्या मुसलमानको पक्षमा बोलेका कारण सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी) ले आफ्नो नेता बेनजीर अरफालाई पार्टीबाट निष्कासित गरेको छ।
बेनजीर असम बिजेपीको प्रदेश कार्यकारिणी सदस्य थिइन्। उनले तीन तलाकविरुद्ध पार्टीको अभियानको पनि विरोध गरेकी थिइन्। २०१२ देखि बिजेपीमा समावेश बेनजीर पेशाले इन्जिनियर हुन्। उनलाई रोहिंग्या मुसलमानको समर्थन गरेको आरोप लागेको थियो। उनले यसै कारण आफूलाई गत शुक्रबार बिजेपी प्रदेश अध्यक्ष रन्जीतकुमार दासले वाट्सऐपमार्फत निष्कासन गरेको पत्र पठाएको जानकारी दिइन्।
‘मलाई बेइज्जत गरेर पार्टीबाट निष्कासित गरिएको छ। आफ्नो असन्तुष्टी बोकेर म पार्टीको शीर्ष नेतृत्वसम्म पुग्ने छु’, उनले भने। बेनजीरले पार्टीको नीति विपरित रोहिंग्या मुसलमानको समर्थनमा आयोजना भएको बैठकमा भाग लिएकी थिइन्।
बेनजीरले २०१६ मा असमको जेनिया सिटबाट विधानसभाको निर्वाचन लडेकी थिइन्। तर, पराजय भोग्नु परेको थियो। उनले आफूलाई स्पष्टीकरणको कुनै अवसर नै प्रदान नगरी एक्लौटी रुपमा कार्यवाही गरेकोमा असन्तुष्टी जनाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।