जनकपुर- धनुषामा कटुवा पेस्तोलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका-६ बस्ने २१ वर्षका लक्ष्मी मण्डल खत्वे, १९ वर्षका सोबिन मण्डल, वडा नं. ५ बस्ने वर्ष २५ वर्षका अविनाशकुमार मण्डल र औरही नगरपालिका-६ लरहिया घर भई हाल विदेह नगरपालिका-६ बस्ने ३५ वर्षका मिश्री लाल मण्डल छन्।
उनीहरूलाई हातहतियार ओसारपसारमा संलग्न रहेको आशंकामा सोधखोजगर्दा पेस्तोल समेत भेटिएपछि पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ।
गत शुक्रबार विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय औरही र गिद्धाबेलापट्टी प्रहरीचोकीको संयुक्त टोलीले अविनाशको घरबाट कटुवा पेस्तोल बरामद गरेको थियो।
धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीका अनुसार अनुसन्धानका क्रममा पक्राउ परेकाहरु अवैध हातहतियार कारोबारी रहेको खुलेको र निजहरु उपर प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा चलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।