काठमाडौं– भारतीय नम्बर प्लेटको मोटरसाइलकमा आएका २ जना व्यक्तिको गोली प्रहारबाट सप्तरीमा एक युवक घाइते भएका छन्।
सप्तरीको डानेश्बरी नगरपालिका–८ बिसहरियामा आइतबार साँझ गोली प्रहार गर्दा सोही ठाउँस्थित ब्रहमपुर बस्ने २४ वर्षीय भगवतीप्रसाद मण्डल घाइते भएका हुन्।
स ११ प १३६६ नम्बरको मोटरसाइकलमा सवार भई राजबिराजबाट घरतर्फ जाने क्रममा विष्टलाई उनीहरुले गोली प्रहार भएको थियो।
प्रहरीले घटनास्थलबाट नाइन एमएमको गोलीको खोका १ थान र नाइन एमएमको मिस फायर राउण्ड १ थान फेला पारेको छ। घाइते मण्डलको अञ्चल अस्पताल सगरमाथामा उपचारपछि थप उपचारका लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ।
गोली प्रहार गर्ने व्यक्तिहरुको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।