काठमाडौं– चोरीका एकसय थानभन्दा बढी मोबाइलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं शंखरापुर नगरपालिका–६ सलमपुटार बस्ने २६ वर्षीय अशोक विष्टलाई चोरी गरेका विभिन्न कम्पनीका ६४ थान मोबाइलसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
घरमा विभिन्न कम्पनीका मोबाइलहरू लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रभाग साँखु र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त मोबाइल सहित पक्राउ गरेको हो।
यसैगरी काठमाडौं पुरानो बानेश्वर भत्केको पुल बस्ने धादिङका २६ वर्षीय आशिष आचार्यलाई चोरी गरेका विभिन्न कम्पनीका ४२ थान मोबाइलसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
विभिन्न कम्पनीको मोबाइलहरु लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्घबाट खटिएको प्रहरीले आचार्यको कोठा तलासी गर्दा उक्त मोबाइल सहित फेला पारी उनलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।