काठमाडौं– भोजपुर प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ। भोजपुर नगरपालिका–१० स्थित गजुरमुखी भिर नजिकबाट ट्याम्केमैयुङ गाउँपालिका–५ चोलन्ती बस्ने ४३ वर्षीय बमबहादुर बिष्टलाई पक्राउ गरेको हो।
उनलाई हातहतियार तथा विभिन्न सामान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले प्लाष्टिक हेण्ड ग्रिनेड १ थान, अटोमेटिक पेस्तोल २ थान, म्याग्जिन २ थान, गोली १० राउण्ड, मोबाइल २ थान, सिम कार्ड १२ थान, नगद ५ हजार ९ सय ७० रुपैयाँ र विभिन्न सामान सहित फेला पारी बिष्टलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।