जेरूसेलम- इजरायलमा राष्ट्रपतिले नयाँ प्रधानमन्त्री चयनका लागि गृहकार्य गरिरहेका समय पूर्व रक्षामन्त्री अभिडोर लिबरम्यानले निवर्तमान प्रधानमन्त्री वेन्जामिन नेतन्याहु वा अर्का नेता वेन्नी गान्ज कसैलाई पनि सिफारिस नगर्ने बताएका छन्।
गत हप्ता सम्पन्न निर्वाचनमा नेता नेतन्याहुको दलको अनपेक्षित हार भएपछि प्रधानमन्त्रीका लागि गान्जले सक्रियता देखाएका छन्। यस्तै, प्रधानमन्त्रीका लागि नेतन्याहुको दलले पनि दाबी गरेको छ।
लिवरम्यानको राष्ट्रवादी पार्टी इजरायल बेतेनुले पनि प्रधानमन्त्रीका लागि हुने राष्ट्रपति रेउभेन रिभलिनसँगको परामर्शमा सम्भवतः लिवरम्यानलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा पठाइने जनाएको छ।
निर्वाचन परिणामले कसैलाई पनि प्रष्ट बहुमत नदिएपछि इजरायलमा सत्ताका लागि नयाँ समीकरणको तयारी भइरहेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।