राजविराज- सप्तरीमा एक एनजीओकर्मीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।
सप्तरीको डाकनेश्वरी नगरपालिका-७ घर भएका २४ वर्षीय भगवतीप्रसाद मण्डललाई बाटो ढुकेर बसेको अज्ञात समूहले डाकनेश्वरी-८, विसहरीयामा गोली प्रहार गरेको हो।
स ११ प १३६६ नम्बरको मोटरसाईकल चढी राजविराजबाट घर जाँदै गरेका मण्डललाई बाँसको झ्याङमा लुकेर बसेका दुई जनाको समुहले गोली प्रहार गरेको सप्तरीका एसपी कृष्ण प्रसाईले जानकारी दिए।
उनको बाँया पाखुरामा गोली लागेको छ।
घाईते मण्डल खतरामुक्त रहेको र उपचारका लागि सुनसरीको धरान स्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगिसकेको प्रहरीले जनाएको छ।
गोली लागेर मण्डल ढलेपछि संलग्न दुवै जना फरार भएकाले प्रहरी परिचालन गरी खोजी भईरहेको एसपी प्रसाईले बताए।
सिमावर्ती क्षेत्रमा व्यापक प्रहरी परिचालन भएको उनको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।