अदालत परिसरबाट हत्कडीसहित एक अभियुक्त फरार

नेपाल लाइभ | २०७६ असोज ५ आइतबार | Sunday, September 22, 2019 १९:५७:०० मा प्रकाशित

काठमाडौं- काठमाडौं जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन्। आइतबार अदालत परिसरकाबाटै ती अभियुक्त फरार भएका हुन्। 

सवारी ज्यान मुद्दाको अभियोग खेपिरहेका २८ वर्षीय सनम तामाङ फरार भएको प्रहरीले बताएको छ।

महानगरीय प्रहरी वृत गौशालाले उनलाई सवारी ज्यानमा मुद्दा चलाएको थियो। 

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा राखेर सुनुवाई गर्ने आदेश दिएसँगै हत्कडीसहित उनि फरार भएका हुन्। 

फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। (प्रतीकात्मक तस्बिर)