काठमाडौं– लागू औषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले नागढु.गाबाट पक्राउ गरेको छ। चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट बाँके कोहलपुर–५ का २२ वर्षीय अनिल कुँवर ब्राउन सुगरसहित पक्राउ गरिएको हो।
आइतबार कुँवरलाई १ दशमलव ४४ ग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ५ ख ७६९९ नम्बरको बसमा सवार कुँवरले झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।