काठमाडौं– मोरङमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। मोरङको ग्रामथान गाउँपालिका–७ स्थित केराघारीमा १७ वर्षीया किशोरीमाथि शनिबार सामूहिक बलात्कार भएको हो।
बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङ ग्रामथान गाउँपालिका–५ बस्ने २० वर्षीय सुरेश थानदार, सोही स्थान बस्ने २५ वर्षीय कमल पुरी, २२ वर्षीय सन्तोष कुमार माझी र २२ वर्षीय प्रकाश कुमार थारु रहेका छन्।
उनीहरुले किशोरीलाई रक्सी खुवाएर लठ्ठाएर केराघारीमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।
किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरैंचाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। घटनामा संलग्न १ जना भने अझै फरारर रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।