काठमाडौं– प्रहरी चेकिङ देखेपछि मोटरसाइकल छाडेर धानखेतमा हामफालेका युवक पक्राउलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।
सर्लाहीको लालबन्दी नगरपालिका–५ मेजरगञ्जसिथत भित्री सडकमा इलाका प्रहरी कार्यालय लालबन्दीले चेकिङ गरेको थियो। जब्दबाट लालबन्दी आउँदै बिआर ६ एजे ०८०६ नम्बरको भारतीय नम्बर प्लेट भएको मोटरसाइकललाई राकेर जाँच गर्ने क्रममा मोटरसाइकल छाडेर चालक राजेश महतो धानखेतमा हामफालेर भएका थिए।
महतोको साथमा रहेको रेनकोट हामफालेको ठाउँ धानखेतमै प्रहरीले फेला पारेको थियो। उक्त रेनकोटमा १ थान कटुवा पेस्तोल प्रहरीले फेला पारेको हो ।
महतोसँगै ना ६ प २३९२ नम्बरको अर्को मोटरसाइकलमा आएका सर्लाही नगरपालिका–५ मेजरञ्जकै ४० वर्षीय सोनालाल ठाकुरलाई प्रहरी मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी फरार भएका महतोलाई सोही नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।