वासिङ्टन- अमेरिकी राज्य साउथ क्यारोलिनामा शनिबार राति गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन्।
स्थानीय समयानुसार रातको २ बजेर ४५ मिनेटको समयमा साउथ क्यारोलिनाको लानकास्टरस्थित हाइवे-५२१ सडक नजिकै रहेको वल्ड स्कुल स्पोर्ट्स बार र ग्रिल अन वर्ल्ड चार्लोटीमा आपसी विवादपछि गोली चलेको प्रारम्भिक रिपोर्ट छ।
घटनामा अन्य ९ जना घाइते भएका अमेरिकी सुरक्षा अधिकारीहरूले जनाएका छन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेका ४ जनालाई हेलिकोप्टरमार्फत नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ।
गोली क्लबभित्र र क्लब परिसर बाहिरसमेत चलेको प्रहरीले जनाएको छ। समाचार तयार पार्दासम्म घटनामा संलग्न कसैलाई तत्काल पक्राउ भने नगरिएको बताइएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।