काठमाडौं- नेकपा एमाले स्थायी कमिटीको बैठक आइतबार बिहानका लागि सरेको छ।
पार्टी एकताको बिफ्रिङ लगायत समसामयिक विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी ओलीले शनिबार अपराह्न ४ बजे भक्तपुरको बालकोटस्थित आफ्नै निवास बैठक बोलाएका थिए। विशेष कारणले बैठक स्थगित गरिएको एमाले अध्यक्षका प्रेस संयोजक चेतन अधिकारीले बताए।
ओलीको निजी सचिवालयका अनुसार, बैठक आइतबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ।
बैठकले प्रतिनिधिसभा निर्वाचनको समानुपातितर्फको सूची टुंगो लगाउने तयारी गरेको थियो। बैठकमा पार्टी अध्यक्षले माओवादीसँग भइरहेको एकता प्रक्रियामा हालसम्म भएको प्रगतिबारे बिफ्रिङ गर्ने कार्यसूची समेत समावेश गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।