नयाँ दिल्ली (एजेन्सी)– सीमा विवादका कारण भारत र पाकिस्तानबीच राजनीतिक तनाव बेला-बेला बल्झिरहन्छ। तर, दुई देशबीचको तानवकै कारण भारतीय क्रिकेट कप्तान विराट कोहलीसँग आफ्नो सम्बन्ध नबिग्रिने पाकिस्तानका पूर्व कप्तान शाहिद आफ्रिदीले बताएका छन्।
उनले राजनीतिक तनावका कारण आफ्नो र विराटको मित्रवत् सम्बन्धमा कुनै कटुता नआउने स्पष्ट पारे। सेन्ट मोरित्ज आइस क्रिकेट प्रतियोगितामा आफ्रिदीले भने, ‘विराट र मेरो सम्बन्धलाई राजनीतिक परिस्थितिले निर्धारण गर्दैन। विराट राम्रो मानिस हो। म जस्तै ऊ पनि आफ्नो देशको क्रिकेट दूत हो।’
उनले पाकिस्तानपछि आफूले भारत र अस्ट्रेलियामा सबैभन्दा बढी माया र सम्मान पाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।