काठमाडौं- प्रधानसेनापति खुल्ला म्याराथन दौड प्रतियोगिताको उपाधि आर्मीका कृण्ण बस्नेतले जितेका छन्।
निर्धारित दुरी २ घन्टा २२ मिनेट ५२ सेकेन्डमा पूरा गर्दै उनले प्रथम स्थान हात पारेका हुन्। उनले १ लाख रुपैयाँ प्राप्न गरे। त्यस्तै एपिएफका गोपीचन्द्र पार्कीले २ घन्टा २५ मिनेट ३७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भए। तेस्रो बनेका आर्मीका राजन खत्रीले २ घन्टा २९ मिनेट १२ सेकेन्डमा दौड पूरा गरे।
पार्कीले ५० हजार र खत्रीले २५ हजार नगद पाए।
सेना दिवसका अवसरमा आयोजित प्रतियोगिताको हाफ म्याराथनतर्फ गजेन्द्रराज राई प्रथम, रामजी बस्नेत दोस्रो र हुद्दा कल्याण बानियाँले तेस्रो स्थान हात पारे।
महिला स्पर्धामा सेनाकी विश्वरुपा बुढाले प्रथम स्थान हात पारिन्। रेशु बस्नेत द्वितीय र एपिएफकी विन्द्रा धनके श्रेष्ठ तेस्रो भइन्। दुवै स्पर्धामा प्रथमले २५ हजार, दोस्रोले १५ र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।